मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत « Khabarhub

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत


१६ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म मधेस प्रदेशभर तीन लाख ५० हजार ११८ दशमलव ८८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

जुन कुल रोपाइँयोग्य क्षेत्रफलको ९१ दशमलव ५५ प्रतिशत हो । मधेस प्रदेशका आठ जिल्लामध्ये सिरहामा सबैभन्दा बढी १०० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने भएकामा सोही क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको मधेस प्रदेश कृषि विकास निर्देशनालयका बागबानी अधिकृत किरण विश्वकर्माले जानकारी दिए ।

सप्तरीमा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सप्तरीमा ६८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने भएकामा हालसम्म ६१ हजार २०० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । धनुषामा ८५ प्रतिशत रोपाइँ भएको छ । जिल्लामा ४३ हजार ९०० हेक्टर क्षेत्रफलमा धान खेती हुने लक्ष्य रहेकामा हालसम्म ३७ हजार ३१५ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयले जनाएको छ ।

त्यस्तै महोत्तरीमा ७४ दशमलव ७७ प्रतिशत, सर्लाहीमा ९४ प्रतिशत, रौतहटमा ९३ प्रतिशत, बारामा ९५ प्रतिशत तथा पर्सामा ९१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । मधेश प्रदेशमा कुल तीन लाख ८२ हजार ४३३ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ । अनुकूल वर्षा र पर्याप्त सिँचाइ सुविधाका कारण यस वर्ष रोपाइँ सन्तोषजनक रूपमा अघि बढेको अधिकृत विश्वकर्माको भनाइ छ ।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ३ : ४० बजे

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १०० पुग्यो, २८ प्रहरी सम्पर्कविहीन

काठमाडाैं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु

बाढीपछि सोनु सुदले भने : नेपाल एक्लो छैन

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय