एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु « Khabarhub

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु


१६ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट ग्यास बिक्री वितरण सुरु गरेको छ।

निगमले शनिबारदेखि १४ दशमलव २ केजी क्षमताका ग्यास सिलिन्डर बिक्री गर्न थालेको हो। काठमाडौं उपत्यकामा बजार आपूर्ति गर्ने केही ग्यास उद्योगका सिलिन्डरको माग उच्च भएपछि निगमले वैकल्पिक व्यवस्थास्वरूप बिक्री सुरु गरेको जनाएको छ।

निगमका अनुसार नेपाल ग्यास, एभरेष्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डर टेकु कार्यालयबाट बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ।

निगमले बिक्री सुरु गरेसँगै उपभोक्ताहरू ग्यास खरिदका लागि टेकु पुगेका छन्। पछिल्लो समय बजारमा ग्यास अभाव भएको गुनासो आएपछि निगमले सबै ग्यास उद्योगीलाई बजारमा सहज आपूर्ति व्यवस्था मिलाउन निर्देशन दिएको जनाएको छ।

निगमले उपभोक्ताको मागअनुसार दैनिक रूपमा ग्यास आपूर्ति भइरहेको पनि जनाएको छ।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ४ : ०१ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा