सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह « Khabarhub

सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह


१६ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी एकता कायम राख्दै सुरक्षा निकायलाई उच्च संवेदनशीलताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज बसेको लुम्बिनी प्रदेश सुरक्षा समितिको भचुर्अल बैठकमा मुख्यमन्त्री आचार्यले पछिल्लो समय तराई–मधेसका केही जिल्लामा घटेका घटना दोहोरिन नदिन र शान्ति सुरक्षा कायम राख्न आपसी सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिँदै सुरक्षा निकाय थप संवेदनशील हुनुपर्ने आवश्यकता औँल्याए ।

उनले सामाजिक सञ्जालमार्फत हुने दुष्प्रचार, अफवाह र उत्तेजनात्मक गतिविधिमाथि प्रभावकारी निगरानी बढाउन निर्देशन दिए ।

मुख्यमन्त्री आचार्यले सबै सुरक्षा निकायका प्रतिनिधि उच्च मनोबलका साथ परिचालित भइरहेका उल्लेख गर्दै आवश्यक समन्वय र सही सूचनाको आदानप्रदानलाई अझ प्रभावकारी बनाउन आग्रह गरे।

बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख तथा बाँके, कपिलवस्तु, बर्दिया, रूपन्देही र नवलपरासी (पश्चिम) का प्रमुख जिल्ला अधिकारीले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्था, सामाजिक सद्भावसँग सम्बन्धित विषय र सम्भावित जोखिमबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । 

यसैबीच आज बिहान मुख्यमन्त्री आचार्यले सामाजिक, धार्मिक र जातीय सद्भाव कायम राख्न प्रदेशवासीमा अपिल गरे । कोशी प्रदेशको सुनसरीको देवानगञ्जसहित क्षेत्रमा हालै भएका घटनापछि उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै उनले आपसी सम्यमता अपनाउन सबैमा आग्रह गरे ।

मुख्यमन्त्री आचार्यद्वारा जारी अपिलमा समाजमा शान्ति, अमनचैन र आपसी भाइचारा कायम राख्नु सबैको साझा दायित्व भएको उल्लेख छ । उनले घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन भने घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे । 

घटनापछि उत्पन्न विषम परिस्थितिलाई सामान्य बनाउन तीन तहका सरकार र सम्बन्धित निकायबाट प्रभावकारी प्रयास भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले नागरिकलाई सुरक्षित र शान्तिपूर्ण वातावरणमा जीवनयापन गर्ने अवस्था सिर्जना गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए ।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ५ : १३ बजे

सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी

चितवन- सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि

झगडा गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

वीरगञ्ज (पर्सा)- प्रहरीले झैझगडामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ

इरान जाने क्रममा १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

हेरात– इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिमी अफगानिस्तानको

अलविदा निम्सदाइ !

काठमाडौं- पर्वतारोहण क्षेत्रमा सुपरिचित ४३ वर्षीय आरोही निर्मल पुर्जा (निम्सदाइ)

अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि

भद्रपुर– अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट