इरान जाने क्रममा १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए « Khabarhub

इरान जाने क्रममा १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए


१६ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

हेरात– इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिमी अफगानिस्तानको निम्रोज प्रान्तस्थित मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। 

सवारी साधन बिग्रिएपछि हप्तौँअघि पैदल यात्रा थालेका उनीहरूको अत्यधिक गर्मी र कठोर मरुभूमिका कारण ज्यान गएको आशंका गरिएको छ।

अधिकारीहरूका अनुसार उनीहरू सवार सवारी साधन बिग्रिएपछि चालक तिर्खा र थकानले कमजोर अवस्थामा निम्रोजको एक गाउँमा पुगेर सहयोग मागेका थिए। त्यसपछि सुरक्षा निकायले समूहको खोजी अभियान सुरु गरेको थियो।

खोजीका क्रममा सुरुमा पाँच जनाको शव फेला परेको थियो। त्यसपछि बेपत्ता रहेका बाँकी १४ जनाको खोजी तीव्र पारिएको थियो। शनिबार निम्रोज प्रान्तीय अस्पतालका एक स्रोतले एएफपीलाई दिएको जानकारीअनुसार सबै १४ जनाको शव मरुभूमिको बालुवामा गाडिएको अवस्थामा भेटिएको हो।

निम्रोज अफगानिस्तानका सबैभन्दा तातो र सुख्खा प्रान्तमध्ये एक हो। गर्मीयाममा यहाँको तापक्रम करिब ४५ डिग्री सेल्सियससम्म पुग्ने भएकाले मरुभूमि पार गर्ने यात्रा अत्यन्त जोखिमपूर्ण मानिन्छ।

प्रान्तीय सरकारका प्रवक्ता अब्दुल मुतवाकिल तौहिदीले शव फेला परेको घटनाको पुष्टि गर्दै खोजी तथा उद्धार कार्य सम्पन्न भएको जानकारी दिए।

मृतकमध्ये अधिकांश पूर्वी बाडघिस प्रान्तको कोलघी गाउँका बासिन्दा रहेको बताइएको छ। स्थानीय बासिन्दा अब्दुल खालेखले एएफपीसँग कुरा गर्दै, ‘यी १४ युवा हाम्रै गाउँका हुन्। उनीहरू २३ दिनअघि रोजगारी र राम्रो भविष्यको खोजीमा घरबाट निस्किएका थिए, तर आज हामी उनीहरूलाई मृत अवस्थामा गाउँ फर्काउन बाध्य भएका छौँ,’ भने।

इरान अफगान आप्रवासीका लागि प्रमुख गन्तव्य भए पनि वैधानिक रूपमा प्रवेश गर्ने अवसर सीमित रहेकाले धेरैले मानव तस्करको सहयोगमा जोखिमपूर्ण मरुभूमि मार्ग रोज्ने गरेका छन्।

अफगानिस्तानका गृहमन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले राष्ट्रिय प्रसारक आरटीएमार्फत जारी वक्तव्यमा मानव तस्करीविरुद्धको अभियानलाई थप कडाइका साथ अघि बढाइने बताए।

अफगानिस्तान–इरान सीमा क्षेत्र अत्यधिक प्रतिकूल मौसमका कारण परिचित छ। गर्मीयाममा तापक्रम अत्यधिक बढ्ने र जाडोमा कठोर चिसो हुने भएकाले हरेक वर्ष जोखिमपूर्ण यात्राका क्रममा धेरै आप्रवासीले ज्यान गुमाउने गरेका छन्।

गत डिसेम्बरमा पनि इरानतर्फ जाने क्रममा चिसोका कारण कम्तीमा १८ अफगान आप्रवासीको मृत्यु भएको थियो। मृतकमध्ये एक १५ वर्षीय किशोर पनि रहेका थिए।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ६ : ०२ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक