इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा « Khabarhub

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा


१६ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको उच्चतम सतर्कता तहमा राख्ने भएको छ। देशलाई नयाँ गर्मीको लहरले ग्रस्त बनाएपछि अधिकारीहरूले शनिबार यो घोषणा गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार इटालीको तापक्रम ३० डिग्री सेल्सियसको उच्च स्तरसम्म पुग्ने पूर्वानुमान छ ।

देशका २७ प्रमुख शहरमध्ये दुईवटा मात्र इटालीको ‘बुट’ र दक्षिणी छेउमा रहेको रेजियो क्यालाब्रिया र सिसिली जाने बाटोमा पने यसको सामुन्ने रहेको मेसिना उच्चतम गर्मीका लागि सतर्कताको चेतावनीको जोखिममा राखिएका छैनन् ।

गत हप्ताको सुरुमा पश्चिमी युरोपलाई छोएको यस यामको नयाँ गर्मीको लहरले मध्य युरोपलाई अत्यधिक तातोको प्रभावमा पारेको थियो र शनिबारदेखि यो इटालीमा पनि प्रवेश गर्न थालेको छ ।

अधिकारीहरूका अनुसार रोम, मिलान र अन्य १७ शहरहरूलाई शनिबार नै गर्मीको उच्चतम सतर्कतामा राखिएको छ । स्वास्थ्य मन्त्रालयले भनेको छ, “गर्मीको उच्चतम सतर्कता तहको अर्थ मौसमले ‘स्वस्थ र सक्रिय व्यक्ति’ हरूको स्वास्थ्यमा हानिकारक प्रभाव पार्न सक्ने सम्भावना छ । यो केवल जोखिममा रहेका वृद्धवृद्धा, धेरै साना बालबालिका र दीर्घरोगीहरूजस्ता समूहहरूमा मात्र सीमित छैन।”

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ९ : २२ बजे

भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

काठमाडौँ – नेपाल–चीन सीमा नजिकै (रसुवागढी) भोटेकोशी नदीमा आएको भीषण

रास्वपाले बोलाएको सर्वदलीय बैठक : गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिटको पेसी आज

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर

बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, हिमपहिरो मुख्य कारण रहेको चिनियाँ दूतावासको भनाइ

काठमाडौँ – काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा गएको बाढी

प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार : सञ्चार र विद्युत् सुचारु गर्न उपकरण पठाइयो

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित क्षेत्रमा राहत तथा