प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन « Khabarhub

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा पुनःस्थापना तथा पूर्वाधार निर्माणको काम गरिरहेको दाबी गरिरहँदा नुवाकोटको देवीघाटबारे उनको दाबीमाथि प्रश्न उठेको छ।

गत बुधबारको भोटेकोशी बाढीपछि प्रधानमन्त्री शाहले आफ्नो व्यक्तिगत फेसबुकमार्फत सरकारका उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी गतिविधिबारे नियमित अपडेट दिइरहेका छन्।

मंगलबार साँझ सार्वजनिक गरेको लामो अपडेटमा प्रधानमन्त्री शाहले नुवाकोटको गल्छी-वेत्रावती सडकअन्तर्गत गल्छी-देवीघाट खण्डमा लेदो हटाएर बेलिब्रिज निर्माणको काम भइरहेको उल्लेख गरेका थिए। तादी–देवीघाटमा बेलिब्रिज राख्ने तयारी तीव्र गतिमा भइरहेको उनको दाबी थियो।

तर नुवाकोटकी जिल्लाबासी एवम् नेतृ उषाकिरण तिमल्सिनाले प्रधानमन्त्रीको उक्त दाबीमाथि प्रश्न उठाएकी छन्। सामाजिक सञ्जालमार्फत् नै उनले देवीघाटमा बेलिब्रिज निर्माणको काम सुरु भएको भनिए पनि वास्तविक अवस्था त्यस्तो नरहेको दाबी गरेकी छन्।

देवीघाटमा मंगलबार दिउँसोसम्म तुइन राख्ने तयारीसमेत पूरा नभएको उनलेे बताएकी छन् । वर्षाका कारण तुइन राख्ने कामसमेत रोकिएको उनको भनाइ छ।

उनले लेखेकी छन्, ‘प्रधानमन्त्री किन ढाँट्छन् ? ढाँटेर कता पुगिने हो ? नुवाकोटको देवीघाटमा बेलिब्रिज निर्माण हुँदै गरेको प्रधानमन्त्रीले मंगलबारको अपडेटमा लेखेका छन्। तर आज दिउँसो देवीघाटमा तुइन राख्ने तयारी थियो, तुइन राख्ने काम पनि पानी परेर रोकियो। वास्तविकता यस्तो पो छ। बेलिब्रिज परको कुरा, तुइन पनि आजै हाल्न सकेन सरकारले।’

प्रधानमन्त्रीले के भनेका थिए ?

प्रधानमन्त्री शाहले बाढीपछि त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभीर र परेवाभीर क्षेत्रमा क्षति पुगेको बताएका छन्। उनका अनुसार बाढीबाट ४८ वटा झोलुंगे पुलमा क्षति पुगेको छ। तीमध्ये २० वटा मर्मत गर्न मिल्ने र २८ वटा नयाँ निर्माण गर्नुपर्ने अवस्था छ।

उनले पृथ्वी राजमार्गअन्तर्गत गल्छी, बैरेनी, जरीखेत, पोखरे र मुङ्गे गलौदी खण्डमा लेदो हटाएर यातायात सञ्चालनमा ल्याइएको पनि बताएका छन्।

गल्छी–वेत्रावती सडकको गल्छी–देवीघाट खण्डमा लेदो हटाउने कामसँगै बेलिब्रिज निर्माण भइरहेको प्रधानमन्त्रीको दाबी छ। तादी–देवीघाटमा बेलिब्रिज राख्ने तयारी तीव्र गतिमा भइरहेको र बेत्रावतीमा समेत उपलब्ध बेलिब्रिज राख्न सम्भव देखिएपछि काम सुरु गरिएको उनले बताएका छन्।

सडक निर्माण तथा मर्मतका लागि ५० जना प्राविधिक कर्मचारी परिचालन गरिएको, सडक बोर्डअन्तर्गत आपत्कालीन रूपमा ३ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको र आवश्यक थप रकम आयोजना अन्तर्गत विनियोजित बजेटबाट खर्च गर्ने अनुमति दिइएको पनि प्रधानमन्त्रीले उल्लेख गरेका छन्।

क्षतिग्रस्त भौतिक पूर्वाधारको विवरण हेलिकोप्टर तथा पैदलमार्फत संकलन भइरहेको उनको भनाइ छ। बाढीबाट ३१ वटा मोटरेबल पुल बगेको र तीमध्ये तीन स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया सुरु भएको उनले बताएका छन्। थप २० स्थानमा बेलिब्रिज राख्ने सम्भाव्यतासमेत अध्ययन भइरहेको प्रधानमन्त्रीको अपडेटमा उल्लेख छ।

त्यसैगरी बाढीबाट क्षतिग्रस्त मुग्लिन–नारायणगढ सडकको कृष्णभीर खण्ड भदौभित्रै मर्मत गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको प्रधानमन्त्रीले बताएका छन्।

तर देवीघाटमा बेलिब्रिज निर्माण सुरु भइसकेको प्रधानमन्त्रीको दाबी र त्यहाँ तुइनसमेत राख्न नसकिएको भन्ने स्थानीय नेतृ तिमल्सिनाको भनाइबीच विरोधाभास देखिएको छ। यसले प्रधानमन्त्री कार्यालयबाट सार्वजनिक गरिने बाढीपछिको पुनःस्थापना तथा पूर्वाधारसम्बन्धी विवरणको विश्वसनीयतामाथि प्रश्न उठाएको छ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  १० : २८ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक