तस्करी गरी चीन पुर्‍याइएकी बंगलादेशी युवतीलाई चरम यातना दिइएको खुलासा « Khabarhub

तस्करी गरी चीन पुर्‍याइएकी बंगलादेशी युवतीलाई चरम यातना दिइएको खुलासा


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- घरेलु कामदारको रूपमा रोजगारीको प्रलोभन देखाएर चीनतर्फ मानव तस्करी गरिएको र त्यहाँ चरम यातनासहित बेचबिखनमा परेकी १९ वर्षीया बंगलादेशी युवतीको दर्दनाक घटना सार्वजनिक भएको छ। बंगलादेशी पत्रिका द डेली स्टारमा प्रकाशित विवरण अनुसार बागेरहाटकी ती युवतीलाई लागूऔषध सेवन गराउनुका साथै डरत्रास देखाएर एक चिनियाँ नागरिकसँग जबरजस्ती विवाह गराएर चीन पुर्‍याइएको थियो ।

घरेलु कामदारको रूपमा काम खोज्दै करिब छ महिनाअघि ढाका पुगेकी उनलाई एक टाढाको नाता पर्ने महिलाले वरधारामा काम मिलाइदिने बहानामा उत्तर बाड्डाको एक फ्ल्याटमा लगेकी थिइन्। त्यहाँ उनलाई जबर्जस्ती लागूऔषध सेवन गराउन थालियो । लागूपदार्थ सेवन गरिरहेको गोप्य भिडियो खिचेर उनलाई ब्ल्याकमेल गरियो । त्यसपछि उनलाई चीनका वाङ झेन झेन नामक नागरिकसँग विवाह गर्न दबाब दिइयो। त्यसपछि आडोर नाम गरेका एक बिचौलियाले उनलाई जमुना फ्युचर पार्कमा लगी ती चिनियाँ नागरिकसँग भेट गराएका थिए । पछि राहदानीको प्रबन्ध मिलाई उनलाई ढाकास्थित चिनियाँ दूतावास तथा कफी सपमा कागजातमा सहीछाप गराइएको थियो।

विवाहको करिब एक महिनापछि उनलाई हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइएको थियो । त्यहाँ उनलाई निलो कपडा लगाएका एक व्यक्तिले विमानतर्फ जाने बसमा उनलाई चढाउन सहयोग गरेका थिए । चीन पुर्याएपछि वाङले उनलाई सुरुमा तीन दिन होटलमा राखेर घरमा लगेका थिए। भिसाको म्याद छ महिना थपिएपछि उनको वास्तविक पीडा सुरु भयो।

एक रात अन्धकारमा गाईगोरु झैँ हातखुट्टा बाँधेर अन्यत्रै लगिएको र त्यहाँ करिब २० दिनसम्म बन्धक बनाइ कुटपिट तथा यौन दुर्व्यवहार गरिएको उनले बताइन् । परिवारका सदस्यसँग सम्पर्क गर्ने प्रयास गर्दा उनको फोन खोसिएको थियो भने पछि स्थिति सहज देखाएर उनले अर्को फोन हात पार्न सफल भइन् ।

चिनियाँ पतिको फोनमा रहेको म्यासेज अनुसार उक्त विवाह मिलाए बापत आडोरलाई अढाई लाख टाका भुक्तानी गरिएको र तस्करहरूले उनको परिवारसँग स्वदेश फर्काउन साढे तीन लाख टाका मागेका थिए। एकपटक चिकित्सककहाँ गएको मौका छोडी उनी भागेर एउटा रेस्टुरेन्टमा पुगिन् र त्यहाँ कर्मचारीहरूलाई चिनियाँ भाषामा अनुवाद गरिएका धम्कीका स्क्रिनसट तथा चोटपटकका तस्बिरहरू देखाएपछि उनीहरूले आपत्कालीन सेवामा खबर गरेका थिए ।

बंगलादेशमा चिनियाँ नागरिकसँगको मिलाइएको विवाहको आवरणमा महिला तस्करीका घटनाहरू तीव्र रूपमा बढेकोमा सुरक्षा अधिकारी र अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। आपराधिक अनुसन्धान विभाग (सीआईडी) को मानव बेचबिखन एकाइका अतिरिक्त पुलिस अधीक्षक मुस्ताफिजुर रहमानका अनुसार हाल चीनसँग जोडिएका चारवटा मानव तस्करीका मुद्दाहरूमा अनुसन्धान भइरहेको छ भने विमानस्थल, गाबतोलिया, उत्तरा, दक्षिणखान र उत्तरखान प्रहरी चौकीमा पनि यस्ता उजुरी दर्ता भएका छन्।

चिनियाँ दूतावासले सन् २०२५ मा चीनका लागि ११ सयभन्दा बढी पारिवारिक भिसा जारी गरेको र कम्तीमा ६ सय जनाले यात्रा गरिसकेको अनुमान गरिएको छ। वैधानिक देखिने विवाह र भिसा कागजातका कारण यस्ता यात्रा रोक्न कठिन भएको अधिकारीहरूको भनाइ छ। ब्र्याकको माइक्रेशन एन्ड युथ प्लेटफर्मका सहयोगी निर्देशक शरिफुल हसनले पछिल्लो डेढ वर्षयता यस्ता घटनाहरू निरन्तर बाहिर आएको बताउँदै चीन जान चाहने चिनियाँ नागरिकहरूको वैवाहिक स्थिति र पहिचान अनिवार्य रूपमा प्रमाणीकरण गर्न माग गरेका छन्।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ५ : ४९ बजे

सी जिनपिङको तीनदिने अमेरिका भ्रमण सुरु

वासिङ्टन- चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबारदेखि अमेरिकाको तीनदिने राजकीय भ्रमण सुरु

परराष्ट्रमन्त्री खनाल स्वागत समारोहमा सहभागी

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राजा महेन्द्रको भ्रमणले फेरिएको अमेरिकी प्रोटोकल

राजा महेन्द्र २०१६ सालमा अमेरिकी राष्ट्रपति ड्वीट डेभिड आईजनहावरको निमन्त्रणामा

मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यही असोज ९ देखि

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

संयुक्त राष्ट्रसङ्घ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘नष्ट’ गर्न सक्ने