बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार « Khabarhub

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार



काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता पूर्णबहादुर खड्का र डा. शेखर कोइराला उभिएको तेस्रो धार कमजोर देखिएको छ।

पूर्णबहादुरले लिएको भन्दा शेखरले लिएको अडान कमजोर हुँदा तेस्रो धार कमजोर भएको विश्लेषण गर्न सकिन्छ। तेस्रो धारमा बसेका नेताहरू पार्टी मिलाउनभन्दा पनि आफ्ना पक्षका नेता व्यवस्थापन गर्न केन्द्रित हुँदा कांग्रेस एक हुने सम्भावनामा पनि प्रश्न उठेको छ।

तेस्रो धारमा उभिएका नेताहरू कोही पूर्वसभापति शेरबहादुर देउवा पक्षमा खुलेका छन् भने धेरैजसो नेताहरू आधिकारिक कांग्रेस गगन थापासमक्ष खुलेका छन्।

नेपाली कांग्रेसमा अहिले दुवै पक्ष १५औँ महाधिवेशनको तयारीमा होमिएका छन्। निर्वाचन आयोग र सर्वोच्च अदालतबाट आधिकारिकता पाएको नेपाली कांग्रेसले १८ गतेदेखि १५औँ महाधिवेशन गर्न लागेको छ।

गगन थापा नेतृत्व रहेको यो कांग्रेसमा १५औँ महाधिवेशन अगाडिका गतिविधिहरू सम्पन्न हुन लागेका छन्। यता पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि भोलिबाट वडा अधिवेशन गर्ने तयारी गरेको छ। भोलिबाट वडा अधिवेशन गर्नका लागि सम्पूर्ण तयारी पूरा भएको नेता प्रकाशशरण महत बताउँछन्। तर कांग्रेसमा पूर्वपदाधिकारी र शीर्षस्थ नेताका रूपमा चिनिएका दुईजना नेताहरूले भने अहिलेसम्म कतै पनि महाधिवेशनमा सहभागिता नजनाउने निर्णय गरेका छन्।

नेपाली कांग्रेसमा अहिले दुवै पक्ष १५औँ महाधिवेशनको तयारीमा होमिएका छन्। निर्वाचन आयोग र सर्वोच्च अदालतबाट आधिकारिकता पाएको नेपाली कांग्रेसले १८ गतेदेखि १५औँ महाधिवेशन गर्न लागेको छ।

कांग्रेस पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा. शेखर कोइराला कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडानमा रहँदा आफूपक्षका नेताहरूलाई भने व्यवस्थापन गरेको देखिन्छ। दुई नेताहरू नाटकीय रूपमा कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान राखिरहँदा आफू समर्थक नेताहरूलाई भने सेटिङमा महाधिवेशनमा सहभागी गराउन लागिएको आरोप लागेको छ। “शेखर दाइ र पूर्ण दाइले उपयुक्त निर्णय लिन सक्नुभएन। उहाँहरूको निर्णय नै बाझिएको अवस्था छ।

आफूचाहिँ सहभागी नहुने भन्ने अनि आफू पक्षका व्यक्तिहरूलाई चाहिँ अनेक तरिकाले भड्काउने ? उहाँहरूको चरित्र ठिक देखिएन। यो चरित्रका कारण कहीँ पनि पुग्न सकिँदैन। विगतमा पनि कांग्रेस एक हुन नदिनका लागि यस्ता किसिमका चरित्र देखिएका थिए,” कांग्रेस उपसभापति पुष्पा भुसाल भन्छिन्, “निर्वाचन आयोग र अदालतले नै कानुनी प्रक्रिया पूरा गरिसकेर १५औँ महाधिवेशन गर्न लागेको मान्यता दिएपछि उहाँहरू अलमलिनुहुने थिएन। आफ्नो निर्णयमा अडिग रहन कि अरूलाई बाधा नगर्न म नेताहरूलाई आग्रह गर्दछु।”

उसो त देउवा पक्षका नेता रमेश लेखक पनि दुई नेताको भूमिकालाई लिएर चिन्तित छन्। शेखरले देउवा पक्षलाई नै सहयोग गरेको संकेत गर्दै पूर्ण खड्काको पनि आफूहरूलाई साथ रहेको संकेत गर्छन्। “उहाँहरू चुप बस्नुभएको होला तर उहाँहरूले राम्रो कांग्रेस बनाउनका लागि भूमिका पक्कै खेल्नुभएको छ। शीर्ष नेतालाई यो किसिमको वातावरण सिर्जना हुनुमा हामी चिन्तित छौँ,” लेखकले भने, “उहाँहरूले पनि उपयुक्त निर्णय लिनुहोला। चाँडै उपयुक्त निर्णय लिनुहुन्छ भन्ने लागेको छ।”

शेखरको सहयोग देउवालाई, धेरै नेता गगनतिर

पार्टीमा आफ्नो छुट्टै अस्तित्व जगाउँदै आएका शेखर पक्षका पनि केही नेताहरू कांग्रेसमा देखिन्थे। तर धेरै नेताले असोज १ गते शेखरको साथ छोडेर गगन थापासमक्ष पुगेका छन्। शेखरको साथ छोडेर शीर्ष नेता धनराज गुरुङसहित अरू तल्लो र माथिल्लो तहका केही नेताहरू पनि गगन कांग्रेसतिर पन्ध्रौँ महाधिवेशनमा जुटेका छन्। तर शेखरले भने गगन थापाको कांग्रेसलाई सहयोग नगरेको देखिन्छ। यसको पुष्टि उनका सचिवालय सदस्य दिनेश थपलिया गर्छन्।

थपलियाका अनुसार बिहीबारबाट देउवा पक्षले गर्न लागेको वडा अधिवेशनमा शेखर पक्षका नेताहरू सहभागी हुन आह्वान गरिएको छ। “बिहीबारदेखि हुने अधिवेशनमा नेताहरू सहभागी बन्नुहुन्छ। केही अस्ति पनि सहभागी बन्नुभयो होला,” कांग्रेस शेखरलाई साथ दिँदै आएका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पनि शेखरकै निर्देशनमा बीपीपुत्र शशांक कोइरालालाई पूर्वसभापति शेरबहादुर देउवाले अगाडि सारेको संकेत गर्छन्। उनी अहिले कांग्रेस संस्थापन इतर समूहको नेतृत्व पूर्वसभापति शेरबहादुर देउवा नभएर बीपीपुत्र डा. शशांक रहेको बताउँछन्। “पूर्वसभापति शेरबहादुर देउवा दाइ र डा. शेखर कोइरालाको निरन्तर संवाद भइरहेको छ। उहाँ आफूचाहिँ कतै पनि सहभागी नहुने हुनुभएको हो,” कार्कीले भने, “उहाँले एकताको महाधिवेशन बनाऔँ भन्ने प्रस्ताव गगनसँग पनि राख्नुभएको हो। तर गगनजीहरू एकलौटी चल्ने भएपछि कांग्रेस बनाउनका लागि उहाँ चुपचाप बस्ने हुनुभएको हो।”

“पूर्वसभापति शेरबहादुर देउवा दाइ र डा. शेखर कोइरालाको निरन्तर संवाद भइरहेको छ। उहाँ आफूचाहिँ कतै पनि सहभागी नहुने हुनुभएको हो,” कार्कीले भने, “उहाँले एकताको महाधिवेशन बनाऔँ भन्ने प्रस्ताव गगनसँग पनि राख्नुभएको हो। तर गगनजीहरू एकलौटी चल्ने भएपछि कांग्रेस बनाउनका लागि उहाँ चुपचाप बस्ने हुनुभएको हो।”

यसरी हेर्दा डा. शेखरले बीचको बाटो अपनाए पनि उनी मजबुत रूपमा बलियो भएर बसेका छैनन्। उनले आफू पक्षको तेस्रो धारका नेताहरूलाई संरक्षण गर्न सकेको देखिँदैन। शेखरको बीचको अडानका कारण धेरै नेताहरू कोही देउवा समूहतिर छन् भने गगन सहमतितिर पनि लागेको देखिन्छ। कांग्रेसको नेतृत्वदायी भूमिकामा नपुगीकन शेखरले कांग्रेसको राजनीतिबाट बिदा हुने सम्भावना प्रबल बढेको छ। एकपटक कांग्रेस सभापति हुने चाहना राखेका शेखरलाई न गगन समूहले मान्न सकेको छ न त देउवा पक्षले नै। उसो त एकपटक पनि सभापति नभइकन राजनीति सकिएकोमा चिन्ता व्यक्त गरेका अहिलेका राष्ट्रपति रामचन्द्र पौडेललाई शेरबहादुर देउवाले नै राष्ट्रपति बनाइदिएका थिए।

भविष्यमा त्यस्ता सेरेमोनियल पद आउने सम्भावना शेखरको देखिए पनि पार्टीको नेतृत्वदायी भूमिकामा भने पुग्ने सम्भावना कम छ। देउवा समूहले नै महाधिवेशन गरेर पनि डा. कोइरालालाई नेतृत्वमा ल्याउने सम्भावना न्यून रहेको बताइन्छ। कांग्रेसको उच्च तह र पदमा रहँदारहँदै पनि यता न उताको चरित्र देखाउँदा डा. कोइरालालाई घाटा लागेको विश्लेषण राजनीतिक विश्लेषकले गर्न थालेका छन्। कोइराला परिवारको विरासतका रूपमा हेरिएका डा. शेखरको साथ नेताहरूले छोड्दै जाँदा उनी कमजोर हुँदै गएका छन्। यता कोइराला परिवारकै नेत्रीका रूपमा हेरिएकी सुजाता कोइराला भने गगन थापा पक्षमा खुलिसकेकी छन्।

तपाईंको भूमिकालाई कसरी विश्लेषण गर्ने भनेर कोइरालालाई सोधिएको प्रश्नमा उनले कांग्रेस बनाउने अभियानमा रहेकाले भूमिकाको विषयमा प्रश्न नगर्न आग्रह गरे। उनी हिजो पनि चारतारे झण्डा र रुख चुनाव चिह्नमा रहेको र आज पनि त्यही झण्डा र चुनाव चिह्नमा यथावत रहेको बताउँछन्।

विगतमा गगन थापालाई आफ्नो पछि राखेर संस्थापन इतरसम्मको नेतृत्व गरिरहेका शेखर अहिले आफ्नै निर्णयका कारण कमजोर बनेका हुन्।

कोइराला परिवारको विरासतका रूपमा हेरिएका डा. शेखरको साथ नेताहरूले छोड्दै जाँदा उनी कमजोर हुँदै गएका छन्। यता कोइराला परिवारकै नेत्रीका रूपमा हेरिएकी सुजाता कोइराला भने गगन थापा पक्षमा खुलिसकेकी छन्।

अदालतको बहानामा पूर्णबहादुरको अल्झन

कांग्रेसका दुई पक्ष महाधिवेशनमा केन्द्रित हुँदा पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र पूर्णबहादुर खड्का भने चुपचाप छन्। उनी शेरबहादुर देउवाले खोलेको चुन्नदेवी पार्टी कार्यालय पनि अचेल जान छोडेको देखिन्छ। अदालतमा मुद्दा विचाराधीन रहेकाले तत्काल कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने जानकारी खड्काले गराए।

अदालतले मुद्दाको छिनोफानो गरेर गगन कांग्रेसलाई आधिकारिक मान्यता दिएको खण्डमा उनी त्यतातिर लाग्ने आकलन गरिन्छ। तर अदालतमा अहिले पुनरावलोकनको फैसला नआइसकेकाले उनी पर्खाइमा बसेको दाबी उनी आफैँ गर्छन्। गत पुसमा गगन थापाले विशेष महाधिवेशन गरेको विषयलाई नस्वीकारेका पूर्णबहादुर देउवाका विश्वासपात्र हुँदाहुँदै पनि अहिले उनको साथमा पनि देखिँदैनन्।

१९ भदौमा आफू समर्थक नेतालाई गल्फुटारमा बोलाएर कहीँ कतै नजान तटस्थ बस्न आग्रह गरे पनि आफू निकट नेताहरू धेरै भने गगन कांग्रेसतिर खुलेका छन्। तर सार्वजनिक रूपमै खड्काले देउवा पक्षमा खुल्न र गगन पक्षमा खुल्न भने नेताहरूलाई आग्रह गरेको देखिँदैन, जस्तो कि शेखरले गरे।

देउवासँगै आफू निकट नेताहरू धेरैजसो भने अहिले गगन कांग्रेसतिर खुलेका छन्। यसरी हेर्दा पूर्णबहादुरको साथ गगन कांग्रेसलाई हो कि भन्ने आकलन गर्न सकिन्छ। तर नेताहरूलाई स्वविवेक प्रयोग गर्न दिएकाले आफूले कहीँ कतै पनि नेता खुल्न आग्रह नगरेको जानकारी उनले आफू निकट नेतालाई दिने गरेका छन्। १५औँ महाधिवेशनको माहोल चर्किएपछि काठमाडौँमा आउने-जाने नेताहरूलाई उनले कांग्रेस एकताका लागि अडिग रहन आग्रह गर्ने गरेको दाबी गरिन्छ।

अदालतको निर्णय आएपछि जुन कांग्रेसलाई मान्यता दिन्छ त्यतैतिर आफू लम्किने धारणा उनले राख्ने गरेको नेता मीन विश्वकर्मा बताउँछन्। पूर्णबहादुरसँग तपाईंहरू सम्पर्कमै हुनुहुन्छ भन्ने प्रश्नमा विश्वकर्माले भने, “हाम्रो आदरणीय कार्यवाहक सभापति भइसकेको नेता भएकाले कुनै न कुनै हिसाबमा उहाँसँग जोडिने कुरा नै भयो। पार्टी एकताका लागि उहाँ पनि गम्भीर हुनुहुन्छ।”

यसबारे पूर्णबहादुरसँग हिजो मात्रै भेटेका एक नेताले खबरहबलाई भने, “आफैँले अदालतमा मुद्दा दायर गरेपछि नैतिक रूपले अहिले कतै पनि नजाने विचार उहाँको रहेछ। मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। फैसला नहुँदासम्म म नैतिक रूपमा जान मिल्दैन भन्नुभयो। कांग्रेस एक बनाउनका लागि उहाँ निकै गम्भीर देखिनुहुन्छ, आफू पक्षका नेताहरूलाई यताउता जानेभन्दा पनि दरिलो कांग्रेस बनाउने सुझाव दिइरहनुभएको छ।” गत ८२ भदौ २३ र २४ को आन्दोलनपछि शेरबहादुर देउवा सशक्त घाइते भएका कारण पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको थियो। पछि गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरेर आधिकारिक कांग्रेसको मान्यता पाएका थिए। फागुन २१ को निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्माले खड्कालाई टिकट दिए पनि उनी नउठेर आफ्ना भाइलाई उठाए तर उनका भाइ विजयी हुन सकेनन्।

पूर्णबहादुरसँग तपाईंहरू सम्पर्कमै हुनुहुन्छ भन्ने प्रश्नमा विश्वकर्माले भने, “हाम्रो आदरणीय कार्यवाहक सभापति भइसकेको नेता भएकाले कुनै न कुनै हिसाबमा उहाँसँग जोडिने कुरा नै भयो। पार्टी एकताका लागि उहाँ पनि गम्भीर हुनुहुन्छ।”

खड्काले अहिले तेस्रो धारलाई बलियो बनाउने प्रयत्न गरे पनि डा. कोइरालाले भने बलियो बनाएका छैनन्। खड्का आफ्नो विचारमा कोइरालाभन्दा अडिग देखिएको विश्लेषण राजनीतिक विश्लेषकहरूको छ।

नेताहरू आफ्नै भूमिकाका कारण कमजोर हुनुभयो: विश्लेषक सञ्जीव हुमागाईँ

शेखरले आफू समर्थक नेतालाई विवाददेखि सुरु हुन लागेको महाधिवेशनमा सरिक हुन आग्रह गरेको सूचना पाएपछि तेस्रो धार कमजोर भएको विश्लेषण राजनीतिक विश्लेषक सञ्जीव हुमागाईँ गर्छन्। यतिखेर शेखर तटस्थ रहेर कोही पनि नेताहरूलाई कतै जान आग्रह नगरिकन बस्नुपर्ने वातावरण बनाउनुपर्ने उनको विश्लेषण छ तर खड्काले अदालतको फैसला मान्छु भन्दै कुरेको निर्णयलाई भने स्वाभाविक हिसाबले हेर्नुपर्ने आग्रह गर्छन्।

यतिखेर शेखर तटस्थ रहेर कोही पनि नेताहरूलाई कतै जान आग्रह नगरिकन बस्नुपर्ने वातावरण बनाउनुपर्ने उनको विश्लेषण छ तर खड्काले अदालतको फैसला मान्छु भन्दै कुरेको निर्णयलाई भने स्वाभाविक हिसाबले हेर्नुपर्ने आग्रह गर्छन्।

“तेस्रो धार पक्कै पनि कमजोर भयो कि महाधिवेशनमा एउटा पक्षमा सहभागी हुने या अर्को पक्षमा सहभागी हुने भन्ने हिसाबले जानुपर्थ्यो। कोही नेतालाई एउटा महाधिवेशनमा पठाएको छ, कोही नेतालाई अर्को महाधिवेशनमा पठाएको छ। यो चरित्रका कारण कांग्रेसको तेस्रो धार कमजोर हुँदै गएको छ। पूर्ण दाइले तेस्रो धारलाई बलियो बनाउने प्रयत्न गरे पनि शेखर दाइले केही कमजोर बनाउनुभएको हो कि भनेर हेर्न सकिन्छ। कतै पनि जाँदिनँ, म तटस्थ रहेर बस्छु भन्ने अधिकार स्वाभाविक रूपमा सबैलाई हुन्छ। तर आफू पक्षका नेता कार्यकर्तालाई आफ्नो मातहतमा राख्न नसक्नु चाहिँ फेरि राजनीतिको अर्को महत्त्वपूर्ण खाडल हो,” हुमागाईँले भने, “अहिले डा. कोइरालासँग कति मान्छे छन् या पूर्ण दाइसँग कति मान्छे छन् भन्नेभन्दा पनि उहाँहरू विचारमा कत्तिको अडिग हुनुहुन्छ र अडानमा कत्तिको बस्नुभएको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। यता पनि जा उता पनि जा भन्ने चरित्रका कारण चाहिँ आफैँ कमजोर भइन्छ। त्यसकारण कांग्रेसको तेस्रो धार बलियो बनाउनका लागि उहाँहरूको महत्त्वपूर्ण भूमिका हुनेछ।”

हुमागाईँ कांग्रेससहित अरू पार्टीमा पनि यस्ता किसिमका क्रियाकलाप हुने गरेको विश्लेषण पनि सुनाउँछन्। विशेषतः कांग्रेसमा पनि विगतदेखि नै विभिन्न धार र गुटहरू हुने गरे पनि ती गुट र धारका नेताहरूको आत्मविश्वास चाहिँ बलियो भएको टिप्पणी गर्छन्।

“कुनै पनि नेताले दुवै हातमा लड्डु चाहिँ खोज्नु हुँदैन। त्यसकारण आफ्नो धार कस्तो छ भन्ने कुराको विश्लेषण पनि गर्नुपर्छ,” हुमागाईँले भने, “द्वैध चरित्रभन्दा पनि आफू उभिएको ठाउँलाई दरो बनाउन खोजियो भने पार्टी राजनीति मजबुत हुँदै जान्छ। शेखर दाइले पूर्वसभापति देउवा पक्षलाई समर्थन गर्नुभएको हो भने पनि ठिकै छ। तर आफ्ना पक्षका नेता उता पठाउने, आफू चाहिँ चुपचाप बस्छु भन्ने कुराले पनि कत्तिको महत्त्व राख्छ उहाँ आफैँ विश्लेषण गर्नुस्।”

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ८ : ५१ बजे

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका