भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन « Khabarhub

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन् ।

शनिबार उक्त स्थानमा प्याली कोल्ली (महिला), ममता हल्दार (महिला), जजला त्रिवेदी कुमार (पुरुष) लगायत ६ जना भारतीय पर्यटक भारी हिमपातका कारण फसेको जानकारी जिल्ला प्रशासन कार्यालय, दुनै डोल्पामा राति ९ बजे जानकारी प्राप्त भएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार  उक्त घटनाबारे जिल्ला सुरक्षा समितिको बैठक बसी निर्णयअनुसार हेलिकप्टरमार्फत उद्धारका लागि आवश्यक प्रक्रिया तथा समन्वय गरिएको छ ।

सञ्चार सम्पर्कमा समस्या भएका कारण फसेका सबै पर्यटकको पूर्ण विवरण प्राप्त हुन नसकेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  १ : ४१ बजे

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका