काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले पोखरालाई ९ रनले हराएको हो ।
जनकपुरको जितसँगै पोखराले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ । जनकपुरले भने दोस्रो जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाएको छ ।
खेलमा दुवै टोलीका खेलाडीबीच प्रतिस्पर्धात्मक प्रदर्शन देखिएको थियो । जनकपुरले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो । जवाफमा पोखराले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३८ रन मात्रै बनाउन सक्यो ।
जनकपुरको जितमा ब्याटिङतर्फ त्रितराज दासले अर्धशतकीय पारी खेले भने बलिङमा मोइन अलीले उत्कृष्ट प्रदर्शन गरे ।

























प्रतिक्रिया