ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ « Khabarhub

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर अझै एक–दुई लक्ष्य ‘सम्हाल्न’ बाँकी रहेको राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बताएका छन् । तेहरानले आक्रमण भएमा जवाफी कारबाही गर्ने चेतावनी दिएको छ ।

राष्ट्रपति ट्रम्पले फेब्रुअरीमा अमेरिका र इजरायलले सुरु गरेको युद्ध अन्त्य गर्न इरानसँगको वार्ता ‘सहज रूपमा नै चलिरहेको’ तर उनीहरू ‘धेरै भरपर्दो नभएको’ बताए । रिपब्लिकन राष्ट्रपतिले अमेरिका आक्रामक कारबाही गर्न हतारमा नरहेको बताए ।

ट्रम्पले आफ्नो फ्लोरिडा निवासमा पत्रकारसँग भने, ‘अमेरिकाले इरानको सैन्य र आणविक कार्यक्रमलाई पहिले नै ठूलो क्षति पु¥याइसकेको छ । हामीले उनीहरूको आणविक क्षमता नष्ट गरिसकेका छौँ। अझै एक–दुई ठाउँ बाँकी छन् तर हामी त्यो १० मिनेटमै सम्हाल्न सक्छौँ।’

उनले भने, ‘तपाईंले पिक्याक्स माउन्टेनलाई हेर्न सक्नुहुन्छ, त्यसलाई पनि सम्हाल्नुपर्छ। हामी यो सबै धेरै छिटो गर्न सक्छौँ ।’ पिक्याक्स माउन्टेन एक संदिग्ध भूमिगत आणविक परिसर रहेको विश्वास गरिन्छ । इरानी सरकारले त्यहाँ कुनै आणविक कार्य नभएको अस्वीकार गरेको छ ।

शनिबार नै अमेरिकी विदेश मन्त्री मार्को रुबियोले ट्रम्पले इरानमा नयाँ आक्रमण गर्ने निर्णय अझै नगरेको र अमेरिका कूटनीतिक समाधानका लागि खुला रहेको बताएका थिए । इरानका सर्वोच्च नेताले शनिबार अमेरिका र इजरायललाई नयाँ आक्रमण नगर्न चेतावनी दिएका थिए ।

दुवै देशमा महत्वपूर्ण चुनावपछि आक्रमण फेरि सुरु हुन सक्ने धम्की आएको थियो । ट्रम्पले यसअघि यस साताको अमेरिकी मध्यकालीन चुनावपछि आक्रमण हुन सक्ने चेतावनी दिनुभएको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानी सरकारलाई ढाल्ने ‘एक पटकको ऐतिहासिक अवसर’ को कुरा गरेका थिए ।

दुवै देशको चुनावले द्वन्द्वको दिशा निर्धारण गर्न सक्छ । इजरायलमा मङ्गलबार आम चुनाव भइसकेको छ तर नयाँ सरकार गठन हुन बाँकी छ ।

‘कुनै पनि स्तर वा प्रकारको चेतावनीलाई तत्काल, प्रभावकारी र भौगोलिक सीमाविहीन जवाफ दिनुपर्छ,’ इरानका सर्वोच्च नेता मोज्ताबा खामेनीले शनिबार उच्च सैन्य कमाण्डरहरूलाई दिएको वक्तव्यमा भनेका थिए ।

खामेनीले कमाण्डरहरूलाई इरानको लक्ष्य सूची अद्यावधिक गर्न आदेश दिनुभएको थियो । यसमा ‘अमेरिकी र इजरायली यहुदी शत्रुका सबै प्रकारका मूर्त र अमूर्त सम्पत्ति’ समावेश गर्नुपर्ने उल्लेख छ ।

यो खामेनी र सैन्य उच्च अधिकारीहरूबीचको पहिलो रिपोर्ट भएको बैठक हो । सर्वोच्च नेता मार्चमा आफ्ना पिता आयतुल्लाह अली खामेनी अमेरिका–इजरायल आक्रमणमा मारिएपछि जिम्मेवारी सम्हालेदेखि सार्वजनिक रूपमा देखिनुभएको छैन ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ९ : ४४ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर