पश्चिम नवलपरासीमा आलुखेतीमा किसानको आकर्षण « Khabarhub

पश्चिम नवलपरासीमा आलुखेतीमा किसानको आकर्षण


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– बर्दघाट सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० का उमाशंकर चौधरीले दुई हेक्टर क्षेत्रफलमा आलुखेती गर्दै आएका छन् । तोरी बालीको तुलनामा आलुखेतीमा बढी उत्पादन हुने आम्दानी बढी लिन सकिने भएकाले उहाँ चार वर्षदेखि व्यावसायिक आलुखेतीमा जोडिएका हुन् । 

आलुखेतीका लागि उपयुक्त वातावरणसँगै बजारको पनि समस्या नरहेकाले तोरी र गँहु उत्पादन हुने जमिनमा आलुखेती गरेको चौधरीले बताए। उनका अनुसार गत वर्ष पाँच लाखको आलु बिक्री भएको थियो ।

‘एक कठ्ठामा करिब पचास किलो मात्र तोरी उत्पादन हुन्छ भने आलु आठ क्विन्टल उत्पादन हुन्छ’, उनले भने।

प्रतापपुर गाउँपालिका–६ का गङ्गा सागर यादवले पनि पाँच वर्षदेखि आलुखेती गर्दै आएका छन् । चार बिघा जग्गामा आलुखेती गरिरहेको बताउँदै उनले गत वर्ष डेढ बिघा जग्गाबाट उत्पादित आलु बिक्री गरी छ लाख ५० हजार आम्दानी भएको जानकारी दिए ।

उँखुखेतीमा लागत बढी लाग्ने र चिनी मिलले समयमा भुक्तानी पनि नदिने भएपछि उँखुखेती छोडेर १४ बिघा जग्गामा व्यावसायिक आलु, केरा र तरबुजा खेती सुरु गरेको यादवले बताए। अन्य कृषि बाली जस्तो जोखिम नहुने र परिवारलाई समय दिएर पनि उत्पादन लिन सकिने भएकाले आलु, केरा र तरबुजाखेती गरेको उनको भनाइ छ । 

यो आर्थिक वर्षमा भारतबाट आउने केराको खपत हुँदा स्थानीय उत्पादनले बजार नपाएपछि घाटा लागेको उनले बताए। पाल्हीनन्दन गाउँपालिका–४ का रामसेवक कुर्मीले तीन वर्षदेखि दश कठ्ठा जग्गामा व्यावसायिक आलुखेती गर्दै आएका छन् । 

जिल्लाको रामग्राम, प्रतापपुर र पाल्हीनन्दन गाउँपालिका क्षेत्र आलुखेतीका लागि माटोसँगै सिँचाइको व्यवस्था भएकाले उत्पादनका दृष्टिले सम्भावना बेकेका क्षेत्रका रूपमा तोकिएको कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका वरिष्ठ बाली संरक्षण अधिकृत एवं सूचना अधिकारी उमाशंकर पौडेलले बताए। 

पौडेलका अनुसार व्यावसायिक आलुखेती प्रवर्द्धनका लागि किसनालाई बाली विशेष आयोजनातर्फको कार्यक्रमबाट ५० प्रतिशत अनुदान दिने गरिएको छ । जिल्लामा पाँच हेक्टर जमिनमा व्यावसायिक आलुखेती भइरहेको केन्द्रले जनाएको छ । 

यहाँ उत्पादित आलुले अन्य समयमा बजारको करिब ६० प्रतिशत माग धाने बाँकीका लागि बाहिरी जिल्लाको भर पर्नुपर्ने अवस्था रहेको पौडेलले बताए ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  २ : १६ बजे

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन