निकोलस भुसाल र हरिश विष्टको जीवनरक्षा गरियोस् : राष्ट्रिय मानव अधिकार आयोग « Khabarhub

निकोलस भुसाल र हरिश विष्टको जीवनरक्षा गरियोस् : राष्ट्रिय मानव अधिकार आयोग


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विगत १० दिनदेखि काठमाडौंको माइतीघरमा आमरण अनशनमा रहेका डा. निकोलस भुसाल र हरिश विष्टको जीवनरक्षाका निम्ति राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले  बिहीबार एक विज्ञप्ति जारी गर्दै उनीहरूको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको जनाएको छ । ‘निजहरूको प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गर्दै वार्ताको माध्यमबाट अनशनरत व्यक्तिहरूको माग सम्बन्धमा निष्कर्षमा पुग्न, पुर्‍याउन र उनीहरूको जीवनरक्षा गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ,’ आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

भ्रष्टाचारको छानबिन र कारबाही गर्नुपर्नेलगायत विभिन्न मागसहित उनीहरू अनशनमा रहेका आयोगले जनाएको छ । ‘आयोगले गरेको पछिल्लो अनुगमनको क्रममा भुसाल र विष्टको स्वास्थ्य अवस्था गम्भीर रहेको, भुसालको रक्तचाप निकै कम रहेको र रगतमा चिनीको मात्रा समेत घटेको पाइएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य अवस्था कमजोर बनेपछि भुसाल र विष्टलाई बुधबार नेपाल चिकित्सक संघको पहलमा अस्पतालमा लगेर भर्ना गरिएको छ ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ४ : ४४ बजे

नाटोमाथि इरानले लगायो यस्तो आरोप

काठमाडौं- इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप

केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

संविधानमै ग्यारेन्टी खोजेको रास्वपाले आफ्नै चुनावमा लागु गर्न सकेन ‘नो भोट’

काठमाडौं- स्थापनाकालबाटै संविधानमा ‘नो भोट’ राखिनुपर्ने वकालत गर्दै आएको राष्ट्रिय

शिक्षामन्त्री पोखरेलद्वारा बोर्डको नतिजा प्रक्रियाको बचाउ

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाको