भक्तपुर क्यान्सर अस्पतालद्वारा तीन जिल्लामा नि:शुल्क स्वास्थ्य शिविर « Khabarhub

भक्तपुर क्यान्सर अस्पतालद्वारा तीन जिल्लामा नि:शुल्क स्वास्थ्य शिविर

९ सय बढिको परिक्षण 


१७ पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुर क्यान्सर अस्पतालले यही पुष १३ गतेदेखि १७ गतेसम्म खोटाङ, सिन्धुली र रामेछाप जिल्लामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ । 

उक्त स्वास्थ्य शिविरमार्फत करिब ९०० जनाभन्दा बढी नागरिकहरू लाभान्वित भएका छन् । शिविरमा विशेषगरी प्याप स्मेयर परीक्षण, स्तन परीक्षण तथा अल्ट्रासाउन्ड परीक्षण सेवा प्रदान गरिएको थियो । ग्रामीण तथा दुर्गम क्षेत्रका महिलाहरूलाई लक्षित गर्दै क्यान्सरको प्रारम्भिक पहिचान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने भक्तपुर क्यान्सर अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारीहरू तथा स्थानीय तह, सम्बन्धित निकाय र अन्य सहयोगी संस्थाहरू प्रति अस्पतालले हार्दिक धन्यवाद एवं आभार व्यक्त गरेको छ ।

भक्तपुर क्यान्सर अस्पतालले आगामी दिनहरूमा पनि यस्ता जनस्वास्थ्य हितका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  ५ : ३९ बजे

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष

ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ एसिया तथा प्रशान्त क्षेत्रमा

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि