डा. बाबुराम भुल बने नेपाल खुला विश्वविद्यालयबाट पहिलो विद्यावारिधि गर्ने व्यक्ति « Khabarhub

डा. बाबुराम भुल बने नेपाल खुला विश्वविद्यालयबाट पहिलो विद्यावारिधि गर्ने व्यक्ति


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


873
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डा. बाबुराम भुल नेपाल खुला विश्वविद्यालयबाट पहिलो विद्यावारिधि गर्ने व्यक्ति बनेका छन् । डा. भुललाई विश्वविद्यालयले पुस १६ गते विद्यावारिधीको प्रमाणपत्र प्रदान गरेको हो ।

सो विश्वविद्यालयको व्यवस्थापन तथा कानु संकाय अन्तर्गत डा. बाबुराम भुललाई डक्टर अफ फिलोसपी इन डेभलपमेन्ट म्यानेजमेन्ट विषयमा विद्यावारिधि प्रदान गरिएको विश्वविद्यालय प्रशासनले जनाएको छ । डा. भुलले गरेको अनुसन्धानले नेपालको सार्वजनिक सेवामा समावेशी शासन तथा सांगठनिक प्रतिबद्धतामा सुधार ल्याउने अपेक्षा विश्वविद्यालयले गरेको छ ।

पहिलो विद्यावारिधीको प्रमाणपत्र हस्तान्तरण गर्दै विश्वविद्यालय प्रशासनले सो विश्वविद्यालय स्नातक देखि विद्यावारिधि तहसम्म मानवीय संसाधन उत्पादन गर्ने विशिष्ट विश्वविद्यालयको रूपमा आफूलाई उभ्याउन सफल भएको जनाएको छ ।

०७३ सालबाट छुट्टै ऐनमार्फत सञ्चालनमा आएको नेपाल विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहमा स्वास्थ्य विज्ञान तथा प्रविधि, समाज विज्ञान तथा शिक्षा र व्यवस्थापन तथा कानुन संकायमा अध्ययन गराउँदै आएको छ ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ६ : ०३ बजे

एनभिए भलिबलः रुकुम पश्चिम सेमिफाइनलमा

काठमाडौं – राजधानीमा जारी नवौँ एनभिए भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको

अब राहदानी छपाइसँगै वितरण साविकअनुसार

काठमाडौं – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको

वीरेन्द्रनगरमा कोठाभित्र निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको

उत्साहपूर्वक मनाइयो इस्वी सम्वतकाे नयाँ वर्ष २०२६ को पहिलो दिन

काठमाडौं – विश्वभर धुमधामसाथ मनाइने इस्वी सन्को नयाँ वर्ष २०२६