निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन « Khabarhub

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली गठन गरेको छ ।

गत भदौ २३ र २४ गते भएका घटनाका दोषीमाथि कारबाही गर्नुपर्ने, संविधान संशोधन गरी राष्ट्रियसभा र प्रदेश संरचना खारेज गर्नुपर्ने तथा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन प्रणाली लागू गर्नुपर्नेलगायत पाँचबुँदे माग राख्दै १० दिनदेखि अनसन बस्दै आउनुभएका डा भुसालसँग वार्ता गर्न सरकारले आज प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो ।

वार्ता समितिको सदस्यमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा भीष्मकुमार भुसाल र जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल छन् ।

माइतीघर मण्डलामा अनशन बस्दै आएका डा भुसालको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार उपचारका लागि वीर अस्पताल भर्ना गरिएको छ । बुधबार नै गृहमन्त्री ओमप्रकाश अर्याल वीर अस्पताल पुगी अनशनरत डा भुसालको स्वास्थ्यावस्थाबारे जानकारी लिएका थिए ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  १० : ०८ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने