कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन « Khabarhub

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न असफल भएको छ । आव २०८२–८३ को छ महिनामा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न असफल भएको हो ।

दाङको एकमात्र भन्सार नाका कोइलावास भन्सारले लक्ष्यभन्दा आठ लाख ७३ हजार ६३८ कम राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले छ महिनासम्म ८४ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

पुस मसान्तसम्म ७६ लाख २३ हजार ३६२ सङ्कलन भएको कोइलावास भन्सार प्रमुख लोकबहादुर विष्टले जानकारी दिए । जुन लक्ष्यको ८९.७२३ प्रतिशत हो ।

कार्यालयले साउनमा १३ लाख ५८ लाख राजस्व उठाउने लक्ष्य लिएकामा नौ लाख ९० हजार ९७४ सङ्कलन गरेको छ । यसैगरी भदौमा १४ लाख ९८ सङ्कलन गर्ने लक्ष्य लिएकामा छ लाख ६८ हजार ६४९ राजस्व सङ्कलन भएको छ ।

असोजमा १४ लाख १७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा आठ लाख चार हजार ५५१ सङ्कलन भएको छ । त्यसैगरी, कात्तिकमा १५ लाख एक हजार सङ्कलन गर्ने लक्ष्य लिएकामा नौ लाख ६३ हजार ८३० सङ्कलन भएको छ ।

मङ्सिर महिनामा १३ लाख ८३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा आठ लाख ८६ हजार २९५ सङ्कलन भएको छ । पुसमा १३ लाख ४० हजार सङ्कलन गर्ने लक्ष्य लिएकामा ३३ लाख नौ हजार ६३ सङ्कलन भएको छ । पुसमा भारतीय पर्यटकको नेपाल आगमन बढी भएकाले राजस्व सङ्कलनमा वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।

दाङ, रोल्पा, प्युठानका लागि पैठारी हुने व्यापारिक सामान कोइलावास नाकाबाट भित्रिएको देखिँदैन । व्यापारीका लागि सबैभन्दा छोटो नाका परे पनि आकर्षण देखिएको छैन । सहज सडक सञ्जाल भए पनि यसलाई सञ्चालनका लागि सरकारी निकायबाट प्रभावकारी प्रयास भएको पाइँदैन । निजी क्षेत्रले केही प्रयास थाले पनि यसले सार्थकता पाउन सकेको छैन । हरेक निर्वाचनको समयमा भने कोइलावास भन्सारले चर्चा पाउने गरेको छ ।

अहिले पनि उम्मेदवारहरूले कोइलावास भन्सारको विषयलाई उठाउन थालेका छन् । कोइलावास नाकालाई सञ्चालन गरी दाङको विकासमा टेवा पुर्याउने भन्दै आश्वासन दिन थालेका हुन् ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ९ : २६ बजे

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो

पर्सा– वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब