दोलखामा गर्माउँदै चुनावी माहौल, कांग्रेसका शिवाकोटीलाई पहिलो अवर « Khabarhub

दोलखामा गर्माउँदै चुनावी माहौल, कांग्रेसका शिवाकोटीलाई पहिलो अवर


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखामा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । 

नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले चुनावी प्रचारलाई तीव्र पारेका छन् । उता एमालेले पार्वत गुरुङलाई मैदानमा उतारेको छ। राष्ट्रिय पहिचान बनाइसकेका यी नेताको उम्मेदवारीले जिल्लामा चर्चा पाएको छ। 

गुरुङ मन्त्री भइसकेका व्यक्ति हुन् भने शिवाकोटी पत्रकारिताबाट राजनीतिक जीवनमा प्रवेश गरेका हुन् । 

शिवाकोटी तत्कालीन सभामुख कृष्णबहादुर महरा र सञ्चार मन्त्री गोकुल बास्कोटाका काण्ड बाहिर ल्याउने भूमिकाका कारण चर्चामा आए ।

निर्वाचन प्रचारका क्रममा शिवाकोटी समक्ष मतदाताले राष्ट्रिय राजनीति, जिल्लाका विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधारका विषयमा ध्यानाकर्षण गराएका छन् । 

जनताको सेवा र विश्वास नै आफ्नो पहिलो प्राथमिकता भएको भन्दै नेता शिवाकोटीले मतदाताका समस्या संसद्सम्म लैजाने प्रतिबद्धता जनाएका छन् ।

दोलखामा कांग्रेस, एमाले, माओवादी र अन्य साना पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

निर्वाचन नजिकिँदै गर्दा शिवाकोटीको अभियान घरदैलो, स्थानीय सभा र सामाजिक सञ्जालमार्फत मतदातामाझ पुगिरहेको छ।

२०७० सम्म दुई निर्वाचन क्षेत्र रहेको दोलखा संविधान जारी भएपछि एउटा मात्रै संघीय निर्वाचन क्षेत्रमा परिणत भएको छ। आसन्न चुनावमा दोलखामा एक लाख ७० हजार ३० मतदाता छन् ।

अहिले चुनावी अभियानसँगै एमालेमा आबद्ध तामाकोशी गाउँपालिका दोलखाका युवाहरू विराज श्रेष्ठ, राजीव श्रेष्ठ, डोरबहादुर भण्डारी र उद्धव भुजेल कांग्रेसमा प्रवेश गरेका छन् । शिवाकोटीको भनाइ छ, ‘हामी सक्छौँ । परिवर्तन सम्भव छ ।’ 

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  १ : ०५ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग