उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस् « Khabarhub

उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरलाई स्थानीय जनताले वन्यजन्तु-मानवबीचको द्वन्द्व व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका छन् । 

मतदातासँगको अन्तरक्रियामा स्थानीयले बाँके र बर्दिया निकुञ्जका कारण दिनहुँजसो जङ्गली जनावर बस्तीमा पस्ने, हिंस्रक जनावरको आक्रमणबाट मानिसको मृत्यु हुनेलगायत घटना बढिरहेकाले वन्यजन्तु-मानव द्वन्द्व प्रभावकारी रूपमा व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका हुन् ।

बाँके र बर्दियाका मध्यवर्ती क्षेत्रसहित आसपासका नागरिकले असुरक्षित महसुस गरेकाले कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार राठौरसँग विद्यमान समस्या समाधानका लागि पहल गरिदिन माग गरिएको ठाकुरबाबा नगरपालिका-३ का कमानसिंह साउदले बताए ।

अन्तरक्रियामा नेता राठौरले पछिल्लो समय मानव र जनावरबीचको द्वन्द्व व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएको बताउँदै यसका लागि आफूले सरोकार भएका निकायसँग छलफल र समन्वय गरी समाधानको पहल गर्ने प्रतिबद्धता जनाएको उनले निजी सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार नेता राठौरले स्थानीय जनतासँग भेटघाट, अन्तरक्रिया गर्नुका साथै सुझाव पनि सङ्कलन गरिरहेका छन् ।

स्थानीय कौशिला टमटाले यसअघि बर्दियाको विकासका पहल गरेका नेता राठौरले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, कृषकका समस्या, सडक, पुलपुलेसालगायत विषयमा रहेका समस्या समाधानका लागि योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरिन्  । 

हालसम्म मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन, कृषकका समस्या, सडक स्तरोन्नतिलगायत समयसामयिक विषयमा सुझाव सङ्कलन भएको ठाकुराबाबा नगरपालिकाका प्रमुख एवं कांग्रेस नेता तिलक लम्सालले बताए  । 

कांग्रेस नेता राठौर २०७९ को प्रतिनिसभा सदस्य निर्वाचनमा बाँके-३ बाट २९ हजार ४० मतसहित विजयी भएका थिए । रासस

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  १ : २० बजे

पहिलो पटक निर्वाचनमा होमिएको माओवादीले सार्वजनिक गर्‍यो घोषणापत्र

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक स्थिति

नेप्से परिसूचक १९ अङ्कले घट्यो

काठमाडौं– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायो सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

रास्वपाले फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता चुनावी घोषणापत्र

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने

देउखुरी– यहाँस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने भएको छ