निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने « Khabarhub

निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी परिचालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा खटिने कर्मचारीको विवरण माग गरिसकिएको छ ।

माग भएको विवरणानुसार निर्वाचनमा खटिने कर्मचारीको नामावली आउने क्रममा रहेको कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । ती कर्मचारी जिल्लामा रहेका ४९४ मतदान केन्द्रमा खटिने छन् । एउटा मतदान केन्द्रमा छ जना कर्मचारी परिचालन हुने छन् । 

उनका अनुसार एउटा मतदान केन्द्रमा तीन स्वयम्सेवकसमेत परिचालन गरिने छ । मतदान अधिकृतले स्वयम्सेवक परिचालन गर्ने छ । यसबाहेक जिल्लाका दुई स्थानमा अस्थायी मतदान केन्द्र रहने छन् । अस्थायी मतदान केन्द्रमा तीन कर्मचारी र दुईजना स्वयमसेवक खटिने छन् ।
 
जिल्लाका १६२ मतदानस्थल र ४९४ मतदान केन्द्रबाट ती कर्मचारी खटिने छन् । 

कार्कीका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ का भन्दा यस वर्ष हुने प्रतिनिधिसभा निर्वाचनमा ३३ हजार ७४० नयाँ मतदाता थपिएका छन् भने ३४ मतदान केन्द्र थपिएका छन् । 

जिल्लाको तीन निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । त्यसमा दुई लाख १७ हजार ३१४ पुरुष र दुई लाख २४ हजार ७६६ महिला एवं दुई तेस्रो लिङ्गी रहेका छन् ।  रासस

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  २ : १८ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग