अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ दिवस : मुख्यसचिवसहित छ जना सम्मानित « Khabarhub

अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ दिवस : मुख्यसचिवसहित छ जना सम्मानित


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ स्थापना दिवसका अवसरमा मुख्य सचिवसहित छ जनालाई सम्मान प्रदान गरिएको छ ।

विद्यालयद्वारा आइतबार आयोजित ‘विशिष्ट व्यक्तित्वको अभिनन्दन’ कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याल, न्यूज २४ दैनिकका प्रधान सम्पादक नवराज चालिसे, समाजसेवी नेपालजित लामा, सर्वजित लामा र खड्गजित लामा तथा त्रिभुवन विश्वविद्यालयका केन्द्रीय पुस्तकालय प्रमुख सागरराज सुवेदीलाई विशिष्ट व्यक्तित्वका रूपमा सम्मान गरिएको हो । 

साथै शिक्षक हर्षनारायण झा र कर्मचारी मञ्जु अधिकारी ढकाललाई २० वर्षे दीर्घसेवा सम्मानद्वारा अभिनन्दन गरिएको छ । 

कार्यक्रममा प्रमुख अतिथि प्रा डा अभि सुवेदी, प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानालगायत व्यक्तिले संयुक्त रूपमा उनीहरूलाई सम्मान गरेको अरुणिमा शैक्षिक प्रतिष्ठानले जनाएको छ । 

कार्यक्रमको सुरुमा सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो भने प्रतिष्ठानका कार्यकारी प्रधानाध्यापक ईश्वरीप्रसाद लामिछानेले प्रतिष्ठानमार्फत सञ्चालित शैक्षिक निकायका कार्यक्रम तथा प्रभावकारिताका बारेमा जानकारी दिएका थिए । 

सोही समारोहमा विद्यालयको प्रथम ब्याच (२०५१) मा एसएलसी दिएका प्रविण न्यौपाने, विन्दिया मानन्धर, मनिष खनाल, सुलक्षण शर्मा, सरोज सुवेदी, गजेन्द्र कर्माचार्य र मेनुका गुरुङले राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै अभिनन्दन गरिएको छ । 

अभिनन्दित मुख्यसचिव अर्यालले प्रतिष्ठानको स्थापना दिवसको  शुभकामना व्यक्त गर्दै अरुणिमाले आफ्ना विद्यार्थीलाई गुणस्तरीय तथा जीवनोपयोगी शिक्षा प्रदान गरिरहेकामा प्रशंसा गरे । 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले अरुणिमासँग जोडिएका अग्रजसँगको साक्षात्कारबाट आफ्नो कार्यक्षेत्रको कार्यसम्पादनमा थप हौसला मिलेको धारणा राखे । 

अरुणिमा परोपकार प्रतिष्ठानका सचिव जितेन्द्र श्रेष्ठले सभ्य समाज निर्माणमा गुणस्तरीय शिक्षाको महत्वबारे प्रकाश पारे । 

प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानाले प्रतिष्ठान गैरनाफामूलक रूपमा सञ्चालन भइरहेको जानकारी गराउँदै समयसापेक्ष योजना तर्जुमा गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा विद्यार्थीहरूले आकर्षक गीत तथा नृत्यसमेत प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ४ : ०६ बजे

पूर्वअर्थमन्त्री पौडेलविरुद्ध ६ दिन म्याद थप

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध ६ दिन

राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ

काठमाडौं- राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि

कर्णालीमा गाडी दुर्घटना : भिरमा अड्किएको शव निकाल्ने प्रयास, बेपत्ताको खोजी जारी

दैलेख- दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा भएको फोर्स गाडी

ज्ञानेन्द्र शाहीले भने- देशको प्रधानमन्त्रीले हचुवाका भरमा हैन, तथ्य र प्रमाणमा टेकेर बोल्नुपर्‍यो 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

भारत भ्रमणमा जापानी प्रधानमन्त्री ताकाइची, सेमिकन्डक्टर, एआई र इन्डो–प्यासिफिक सहकार्यमा वार्ता हुने

काठमाडौं- जापानकी प्रधानमन्त्री सनाए ताकाइची तीनदिने औपचारिक भ्रमणका लागि बुधबार भारतको