प्रचण्ड भन्छन् : मैले सबैथोक गुमाइसकेँ, अब सत्ताको लोभ छैन « Khabarhub

प्रचण्ड भन्छन् : मैले सबैथोक गुमाइसकेँ, अब सत्ताको लोभ छैन


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई अब सत्ताको लोभ नभएको बताएका छन् ।

आइतबार एक भिडिओ सन्देश जारी गर्दै उनले सन्तान, जीनवसंगिनी र सहयोद्धाहरू गुमाएपछि आफूलाई अब सत्ताको लोभ नभएको बताएका छन् ।

‘सन्तान, जीवनसंगिनी र सहयोद्धा गुमाएपछि मलाई अब सत्ताको लोभ छैन । मेरो बाँकी जीवन शहीदका सपना र नयाँ पुस्ताको भविष्यका लागि समर्पित छ’, दाहालले भनेका छन्।

उनले आफ्नो जीवनमा एउटा मान्छेले जे-जति गुमाउन सक्छ, ती सबै कुरा गुमाइसकेको पनि स्मरण गराएका छन् ।

आफूले गरेको संघर्ष व्यक्तिगत नभएर हजारौं शहीदहरूको सपना पूरा गर्ने यात्रा भएकोले परिवर्तन गराएरै छोड्ने दाबी दाहालले गरेका छन् ।

दाहालले आफू हार मान्न तयार नरहेको पनि बताएका छन् । ‘म हार मान्न तयार छैन। काम सकिएको छैन। नयाँ पुस्तालाई स्वागत गर्छौं’, उनले भने, ‘हरेक चम्किलो चिज हिरा हुँदैन, सामाजिक सञ्जालका भ्रमले बहकाउन सक्छ, म स्वतन्त्र चिन्तनका लागि अपिल गर्न आएको छु, भोट माग्न होइन।’

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ६ : ४८ बजे

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले

कसुरजन्य सम्पत्तिको विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले अनुसन्धान गर्ने निकायबाट कसुरजन्य सम्पत्तिको

‘एक्जिट पोल’ चलाउने यी ६ वेबसाइट बन्द गराउन आयोगले प्राधिकरणलाई पठायो पत्र

काठमाडौँ- फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर एक्जिट पोल