आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी « Khabarhub

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानद्वारा जानकारी इरानको इस्लामिक रिभोलुसन गाड्र्स कोर (आइआरजिसी) ले शनिबार आफ्ना नौसैनिक कमान्डर अलिरेजा ताङसिरीको हत्या भएको भनी आएका समाचारहरूको खण्डन गरेको छ ।

आइआरजिसीले आफ्नो आधिकारिक अनलाइन समाचार साइट (सेपाह न्यूज)मा जारी एक वक्तब्यमा भनेको छ,“यो अफवाह इजरायली सामाजिक सञ्जालबाट फैलिएको हो ।”

सामाजिक सञ्जालको उक्त ‘अकाउन्ट’ मा सुरक्षा र सैन्य क्षेत्रको बारेमा यसपहिले पनि अफवाह फैलाएको ट्र्याक रेकर्ड रहेको छ । उक्त पेजमा यसअघि आइआरजिसी कुद्स फोर्सका कमान्डर इस्माइल कानीको हत्या भएको दाबी गरिएको थियो।

सेपाह न्यूजका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही दिनहरूमा पश्चिम एसिया क्षेत्रमा युद्धपोत बेडा पठाएर इजरायलमाथि आक्रमण गर्न सक्ने मनोवैज्ञानिक त्रासबीच यो अफवाह फैलाउने कुरालाई अर्थपूर्ण मानिएको छ ।

शनिबार पनि आइआरजिसीको नौसेनाले अफवाहको खण्डन गर्दै भनेको छ, “होर्मोजगान प्रान्तमा रहेको उहाँको कुनै पनि कार्यालयमा ड्रोन आक्रमण गरिएको छैन र सुरक्षा बलसँग सम्बन्धित कुनै पनि भवन नष्ट भएको छैन।”

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ८ : २० बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने