काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले पत्रकार दिनेश सिटौलाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
बालेनले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै लेखेका छन्, ‘अलबिदा दिनेश सिटौला । नेपाली फिल्मको अभिभावक अनि मेरो हितैसी मित्र । तपाईंको अभाव सधैं खड्किनेछ ।’
उनले सिटौलालाई नेपाली फिल्म क्षेत्रका अभिभावक तथा आफ्नो निकट मित्रको रूपमा स्मरण गर्दै उनको निधनले आफूलाई गहिरो पीडा दिएको उल्लेख गरेका छन्।
सुदूरपश्चिम चुनावी अभियानमा सहभागी पत्रकार दिनेश सिटौलाको आइतबार मध्याह्न धापासीस्थित ग्रान्डी अस्पतालमा निधन भएको छ ।
शुक्रबार बालेनसँसगै अछाम पुगेका उनी अचानक बेहोस भएर ढलेका थिए । बेहोस भएर ढलेका उनको टाउकोमा चोट पनि लागेको थियो ।
पत्रकारिता तथा चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय सिटौला नेपाल चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष समेत रहेका थिए ।













प्रतिक्रिया