इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी « Khabarhub

इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई  मारिएको घोषणा गरेका छन्।

अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणका क्रममा खामेनेईको मृत्यु भएको ट्रम्पले दाबी गरेका हुन्।

आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक सन्देश जारी गर्दै ट्रम्पले खामेनीलाई ‘इतिहासकै क्रूर’ व्यक्तिको संज्ञा दिएका छन्। उनले खामेनेई र उनको समूहले विश्वभरका नागरिकमाथि अत्याचार गरेको आरोप लगाउँदै उनको मृत्युलाई ‘न्याय’को संज्ञा दिएका छन्।

“खामेनेईको अन्त्य भएको छ। यो इरानी जनताका लागि मात्र होइन, ती तमाम अमेरिकी र विश्वभरका नागरिकका लागि न्याय हो, जो खामेनी र उनको रक्तपिपासु समूहद्वारा मारिए वा अङ्गभङ्ग पारिए,” ट्रम्पले लेखेका छन्।

इजरायलसँगको उच्चस्तरको समन्वय र परिष्कृत गुप्तचरी प्रणालीका कारण खामेनी बच्न नसकेको ट्रम्पको भनाइ छ। खामेनीसँगै इरानका अन्य शीर्ष नेता पनि मारिएको उनले दाबी गरेका छन्।

राष्ट्रपति ट्रम्पले खामेनेईको मृत्युलाई इरानी जनताका लागि आफ्नो देश फिर्ता लिने सबैभन्दा ठूलो अवसर भएको उल्लेख गरेका छन्। इरानको रिभोलुसनरी गार्ड्स (आईआरजीसी), सेना र प्रहरी बलले अब लड्न नचाहेको र आफूहरूसँग इम्युनिटी मागिरहेको समेत उनले जिकिर गरेका छन्।

ट्रम्पले चेतावनीपूर्ण भाषामा भनेका छन्, “मैले हिजो राति नै भनेको थिएँ- उनीहरूले अहिले आत्मसमर्पण गरे माफी पाउनेछन्, ढिलो गरे मृत्यु मात्र हात लाग्नेछ।”

उनले इरानी सुरक्षा निकायहरूलाई त्यहाँका देशभक्त नागरिकहरूसँग मिलेर देशलाई पुनः गौरवान्वित बनाउन आह्वान गरेका छन्।

एकै दिनको आक्रमणले इरानको सैन्य संरचना क्षतविक्षत भएको दाबी गर्दै ट्रम्पले सैन्य कारबाही तत्काल नरोकिने स्पष्ट पारेका छन्। मध्यपूर्व र विश्वभर शान्ति स्थापना गर्ने लक्ष्य पूरा नभएसम्म बमबारी जारी रहने उनले बताएका छन्।

इरानले भने हालसम्म आफ्ना सर्वोच्च नेताको मृत्युबारे कुनै आधिकारिक पुष्टि गरेको छैन।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ६ : १५ बजे

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा

इरान तनावबीच संयुक्त राज्य अमेरिकालाई बेलायतको सैन्य सहयोग

एजेन्सी– बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न : सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?

काठमाडौँ– जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गत भदौ २३ र

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं– काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको