इरानको नेतृत्व परिषदमा आयातोल्लाह अली रेजा अराफी नियुक्त « Khabarhub

इरानको नेतृत्व परिषदमा आयातोल्लाह अली रेजा अराफी नियुक्त


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ सर्वोच्च नेता चयन नभएसम्म इरानको शासन सञ्चालन गर्न गठित तीन सदस्यीय नेतृत्व परिषदमा ६६ वर्षीय धर्मगुरु नियुक्त भएका छन् । यस परिषदमा आयातोल्लाह अली रेजा अराफीलाई तेस्रो सदस्यका रूपमा चयन गरिएको हो ।

अराफी यसअघि नै इरानको शक्तिशाली संवैधानिक निकाय ‘गार्जियन काउन्सिल’ र अर्को सर्वोच्च नेता छान्ने अधिकार भएको ‘एसेम्बली अफ एक्सपर्ट्स’ को सदस्य रहिसकेका छन् ।

दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले नै सन् २०१९ मा अराफीलाई गार्जियन काउन्सिलको सदस्यमा मनोनयन गरेका थिए ।

अब यो नेतृत्व परिषदमा अराफीसँगै राष्ट्रपति मसुद पेजेस्कियान र न्यायपालिका प्रमुख गुलाम हुसेन मोहसेनी एजेई रहेका छन् । नयाँ सर्वोच्च नेताको टुङ्गो नलागुञ्जेल यही परिषद्ले इरानको राजकीय मामिलाहरू सम्हाल्नेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ४ : ५२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार