एमालेमा सुहाङको अडान : दलको नेतामा चुनाव गरौँ, फेस गर्न तयार छु « Khabarhub

एमालेमा सुहाङको अडान : दलको नेतामा चुनाव गरौँ, फेस गर्न तयार छु


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले संसदीय दलको नेता चुन्ने विषयले युवा र पाका नेताहरूबीच विवाद सिर्जना भएको छ।

हाल प्रहरीको हिरासतमा रहेका अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष रामबहादुर थापा बादललाई संसदीय दलको नेता बनाउन कस्सिँदा युवाहरूले चुनौती दिएका हुन् ।

युवा नेताहरूको तर्फबाट इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सुहाङ नेम्बाङले बलियो दाबेदारी पेश गरेका छन्।

नेम्बाङले युवाको भावना र देशमा हाल आएको परिवर्तनलाई आत्मसात गर्दै आफूलाई दलको नेता बनाउनुपर्ने माग राखेका छन् ।

उता ओलीद्वारा प्रस्तावित बादलले पनि अडान छोडेका छैनन् । अध्यक्ष ओलीको समर्थन बादललाई रहँदा सुहाङले अडान नछाडेपछि निर्वाचनको तयारी गरिएको छ।

सुहाङले पनि सहमति नजुटेमा आफू निर्वाचन फेस गर्न तयार रहेको जानकारी गराएका छन्। बादल भने सकेसम्म सर्वसम्मतिमै आफूलाई दलको नेता छाडिदिनुपर्ने अडानमा छन्।

संसदीय दलको बैठकस्थलबाट एक नेताले दिएको जानकारी अनुसार सहमति नजुटेको अवस्थामा निर्वाचनको तयारी गर्न लागिएको छ।

दलको नेतामा बादलको नाम जबरजस्ती पठाउन खोजिएको सुहाङ र उनीनिकट नेताहरूले बताएका छन् ।

दलको नेतामा बादलको नाम पठाउन खोजेपछि नेम्बाङ पक्षले रोकेको हो । नेम्बाङ पक्षले एक भोट आए पनि निर्वाचन सामना गर्ने अडान लिएको छ।

प्रतिनिधि सभाको पहिलो बैठक चैत १९ गते दिउँसो २ बजे राख्न लागिएपछि संसदीय दल चयन गर्ने काम चलिरहेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ३ : ३५ बजे

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम