प्रचण्डका सैन्य कमान्डर अब ओलीका संसदीय कमान्डर « Khabarhub

प्रचण्डका सैन्य कमान्डर अब ओलीका संसदीय कमान्डर


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादल प्रतिनिधि सभा संसदीय दलको नेतामा चयन भएका छन् ।

इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित युवा नेता सुहाङ नेम्बाङले चुनावी प्रतिस्पर्धाका लागि चुनौती दिए पनि उनको प्रस्ताव र समर्थक बस्न कोही सांसद तयार नहुँदा बादल सर्वसम्मत भएका हुन् ।

संसदीय दलको नेताको निर्वाचनमा चुनाव माग गरेका युवा नेता सुहाङलाई एक्ल्याएर बादललाई सर्वसम्मत नेता चयन गरिएको हो । सुहाङको पक्षमा उभिएका दुई नेतालाई पनि ब्याक गराउँदै बादललाई एमाले संसदीय फाँटको नेतृत्व दिइएको हो।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा उपाध्यक्ष बादल संसदीय दलको नेतामा चयन हुँदा सुहाङका लागि समर्थक र प्रस्तावक नदिएर एक पटक फेरि नेतृत्व परिवर्तनको बहसलाई रोक्ने काम गरिएको छ।

केही समयसम्म सुहाङको पक्षमा देखिएका नेताहरू पनि अन्तिममा प्रस्तावक र समर्थक नै बस्न तयार भएनन्।

संसदीय दलको लागि चुनाव गर्ने बाटोमा गएको एमालेमा सुहाङको पक्षमा प्रस्तावक र समर्थक नभएपछि बादल निर्विरोध भएका हुन् ।

माओवादीले चलाएको १० वर्ष लामो सशस्त्र संघर्षमा उनी त्यसबेलाका सुप्रिम कमान्डर पुष्पकमल दाहाल प्रचण्डका सैन्य कमान्डर थिए । उनको नेतृत्वमै माओवादी लडाकुले त्यसबेलाको संघर्षलाई रणनैतिक प्रत्याक्रमणसम्म लगेको थियो।

तर २०७७ सालमा नेकपा विभाजित भएपछि बादलले माओवादी छाडेर एमालेको यात्रा गरे। त्यसयता उनी निरन्तर अध्यक्ष केपी शर्मा ओलीका प्रिय पात्रका रुपमा रहेका छन् । पटक पटक सरकारमा पुगेर रक्षा र गृहसहितका मन्त्रालय सम्हालेका उनी अब एमालेको संसदीय कमान्डर बनेका छन् ।

पहिलो संविधानसभा निर्वाचनमा चितवनको तत्कालीन २ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित भएका बादल दोस्रो संविधानसभामा उम्मेदवार बनेनन् । त्यसबेला उनी मोहन वैद्यले नेतृत्वको गरेको माओवादीका थिए । उक्त पार्टीले चुनाव बहिष्कार गरेको थियो ।

२०६४ सालमा माओवादी अध्यक्ष प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भएका बेला उनले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । त्यसबेला माओवादीले करिब बहुमत सिट ल्याएर बनाएको सरकार सम्हाल्न नसक्दा बीचमै प्रचण्डले राजीनामा दिए ।

तत्कालीन प्रधान सेनापति रुक्माङ्गत कटवाल प्रकरणमा तत्कालीन रक्षा मन्त्री थापाले ‘पोजिसन’ लिएर प्रचण्डलाई उक्साएको आरोप लाग्ने गरेको छ । त्यहीकारण प्रचण्ड नेतृत्वको सरकार ढलेको थियो ।

७० वर्षीय बादल गुल्मीको बडागाउँमा जन्मिएका हुन् । भारतीय लाहुरे कर्णबहादुर थापा र नन्दकुमारी थापाका छोरा थापा इन्जिनियर पढ्न तात्कालीन सोभियत युनियन गएका थिए ।

नेपालबाट आईएस्सी एजी गरेर सोभियत युनियन गएका थापा नेपालमा जनवादी क्रान्ति सपना उनेर बीचमै छाडेर फर्किए । नेपाल फर्किएलग्तै उनी माओवादीको भूमिगत राजनीतिमा होमिए ।

२०३७ देखि राजनीतिमा होमिएका थापाले त्यसपछि लगातार ०६३ सालसम्म भूमिगत राजनीतिक जीवन बिताए ।

जनयुद्ध कालमा माओवादी–सरकार वार्ता टोलीको सदस्यका रूपमा दोस्रो वार्तामा थापा सार्वजनिक भएका थिए । त्यसबेला उनी सबैभन्दा आकर्षणका केन्द्र थिए ।

थापाले ०३८ देखि ०३९ सम्म बन्दी जीवन बिताए । थापा राजनीतिमा प्रवेश गरेदेखि पार्टीको केन्द्रमा रहँदै आएका छन् । जनयुद्धको तयारीका क्रममा उनी लामो समय रोल्पामा बसे । उनले सैन्य कमान्डरका रुपमा जनयुद्ध हाँके ।

थापा पार्टीको पोलिटब्युरो सदस्यबाट साधारण सदस्यमा झरेर फेरि पोलिटब्युरोमै पगेका नेता हुन् । उनका १ छोरा, १ छोरी र एक श्रीमती छन् ।

श्रीमती नैनकला थापा महिला आयोगकी अध्यक्ष तथा सञ्चारमन्त्रीसमेत भएकी थिइन् । तर उनका छोरा प्रतीकसहित पटक पटक विवादमा छन् । बादलकै नाम पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ४ : ५३ बजे

इरानको मिसाइल आक्रमणबाट कतारको ट्याङ्करमा क्षति

दोहा – कतारको सरकारी स्वामित्वमा रहेको ऊर्जा कम्पनीको एक ट्याङ्करमा

नसर्ने रोग पहिचान गर्न लालझाडीमा एकमहिने अभियान

कञ्चनपुर – लालझाडी गाउँपालिकाले नसर्ने रोगको पहिचान तथा समयमै उपचारका

अब मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज 

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित

ओलीको स्वास्थ्य अवस्था : पत्थरीको शल्यक्रिया गर्न दिए सहमति, परीक्षण रिपोर्ट कुर्दै चिकित्सक

काठमाडौं– ज्यान कसुरसम्बन्धी मुद्दामा गत शनिनबार भक्तपुरको गुन्डुबाट पक्राउ परेका