विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने « Khabarhub

विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने बताएका छन् । आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा भएको छलफलमा गृहमन्त्री गुरुङले विपद्मा परेका नागरिकको तत्कालै उद्धार गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने जानकारी दिएका हुन् । 

उनले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले आफ्नो ज्यानको पर्वाह नगरी नागरिकको उद्धारमा खटिएकामा धन्यवाद समेत व्यक्त गरेको सशस्त्रका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए ।

सो क्रममा गृहमन्त्री गुरुङले आम नागरिकको जीउ ज्यानभन्दा ठूलो पैसा नभएको उल्लेख गर्दै आपत् विपद्मा परेका नागरिकको सेवा सुरक्षा गर्नका लागि नेपाल सरकार, गृहमन्त्रालयलगायत सुरक्षाकर्मीहरू तयारी अवस्थामा रहन निर्देशनसमेत दिए।  

गृहमन्त्री गुरुङले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत सम्पूर्ण सशस्त्र प्रहरीलाई विपद् सुरु हुनु पूर्व नै तयारी अवस्थामा रहन निर्देशन दिनुका साथै सशस्त्र प्रहरी बल नेपालको जनशक्ति अब ब्यारेकमा नभएर मैदानमा हुनुपर्ने बताए।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ५ : ५२ बजे

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत गरेन सरकारले

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा

बाजुराको साँफे–मार्तडी सडक सञ्चालन

बाजुरा– पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे-मार्तडी सडक सञ्चालनमा आएको

जापानी चिप रसायनमा चीनले लगायो ९९.२ प्रतिशतसम्म एन्टि–डम्पिङ शुल्क

बेइजिङ- चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मंगलबारदेखि