निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी « Khabarhub

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार काठमाडौं आइपुगेका छन्।

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को उद्घाटन समारोहमा विशेष अतिथिका रूपमा सहभागी हुन उनी नेपाल आएका हुन् ।

बिहीबारबाट सुरु हुने निफमा स्वदेशी तथा विदेशी चलचित्रहरूको प्रदर्शनसँगै विभिन्न फिल्मकर्मीहरूको सहभागिता रहनेछ। महोत्सवले नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ।

निफको उद्घाटन समारोहमा सिप्पीको उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ। उनीसँग अन्तरक्रिया तथा विशेष सत्रसमेत आयोजना हुने सम्भावना रहेको आयोजक स्रोतले बताएको छ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  १० : २८ बजे

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब