मांसिमा खानेपानी आयोजना पुनर्निर्माण « Khabarhub

मांसिमा खानेपानी आयोजना पुनर्निर्माण


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का– जिल्ला सदरमुकाममा रहेको खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाअन्तर्गत सञ्चालित मांसिमा खानेपानी आयोजना पुनर्निर्माण भएसँगै सञ्चालनमा आएको छ ।

छ करोड ४७ लाख ५६ हजार ६०० रुपैयाँको लागतमा पुनर्निर्माण गरिएको आयोजना सञ्चालनमा ल्याइएको हो । खानेपानीको मुहान मांसिमा देखि खाँदबारीसम्मको ४२ किलोमिटरमध्ये करिब साढे २० किलोमिटर ट्रान्समिसन पाइप पुनर्निर्माण गरिएको हो । 

चिचिला गाउँपालिकाको कुँवापानीमा रहेको ‘ट्रिटमेन्ट प्लान्ट’बाट पानी प्रवाह सुरु गर्दै सञ्चालनमा ल्याइएको हो । पुनर्निर्माण सम्पन्न भएसँगै लामो समयदेखि प्रभावित हुँदै आएको खाँदबारी क्षेत्रको खानेपानी आपूर्तिमा सुधार आउने नगरप्रमुख महेश्वर थपलियाले बताए ।

पुनर्निर्माण आयोजनाअन्तर्गत क्षतिग्रस्त पाइपलाइन हटाएर नयाँ पाइप जडान गरिएको छ । साथै पानी प्रशोधन तथा वितरण प्रणालीलाई व्यवस्थित बनाइएको संस्थाले जनाएको छ । 

आयोजनाको पुनर्निर्माणपछि अब खाँदबारी नगर क्षेत्रका उपभोक्ताले नियमित रूपमा स्वच्छ खानेपानी सेवा प्राप्त गर्ने विश्वास गरिएको छ । 

पुनर्निर्माण सम्पन्न भएसँगै उपभोक्तालाई सहज रूपमा खानेपानी उपलब्ध गराउने लक्ष्य पूरा भएको खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ आयोजनाको अध्यक्ष दिव्यराज बरालले बताए । 

यसअघि चिचिलाको देउरालीदेखि खाँदबारीसम्म सडक विस्तार तथा निर्माणका क्रममा बिछ्याइएको मुख्य पाइपलाइन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि खानेपानी सेवा अवरुद्ध भएको थियो । 

यहाँ २०७० सालमा बृहत् मांसिमा खानेपानी आयोजनाको काम सुरु भएकामा पाँच पटक समय थप गरेर विसं २०७४ पुसमा निर्माण सम्पन्न भएको थियो । आयोजना ४५ करोड एक लाख ५५ हजार रुपैयाँमा निर्माण गरिएको थियो ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ११ : ०७ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको