ठमेलबाट १५ बंगलादेशी पक्राउ, फेक फेसबुक अकाउन्टमार्फत ठगी गरेको आरोप « Khabarhub

ठमेलबाट १५ बंगलादेशी पक्राउ, फेक फेसबुक अकाउन्टमार्फत ठगी गरेको आरोप


१८ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको ठमेल क्षेत्रबाट १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार भिजिट भिसामा नेपाल आएका उनीहरू भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिहरू ठमेलस्थित होटल एसीईको चौथो, पाँचौं र छैटौं तलामा बस्दै आएका थिए । 

उनीहरूले ती कोठाहरू भाडामा लिएर विदेशी मोडल तथा युवतीहरूको नाममा नक्कली फेसबुक अकाउन्ट सञ्चालन गरी विभिन्न व्यक्तिसँग कुराकानी गर्दै अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि कालिकास्थानस्थित अध्यागमन विभागको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  ६ : २० बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,