नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अमेरिकी कम्पनी इच्छुक « Khabarhub

नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अमेरिकी कम्पनी इच्छुक


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्सबीच आज सूचना तथा सञ्चार मन्त्रालयमा भेटवार्ता भएको छ।

भेटका क्रममा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, सूचना प्रविधि, दूरसञ्चार, डिजिटल सुरक्षा तथा लगानी विस्तारलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार दुवै पक्षबीच सूचना प्रविधि, डिजिटल पूर्वाधार, साइबर सुरक्षा तथा लगानी विस्तारका क्षेत्रमा नेपाल–अमेरिका सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि विचारविमर्श भएको थियो।

उपविदेशमन्त्री रोजर्सले नेपाल–अमेरिका सम्बन्ध मैत्रीपूर्ण र सहयोगात्मक रहेको उल्लेख गर्दै सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका इच्छुक रहेको बताइन्। उनले अमेरिकी कम्पनीहरू नेपालमा लगानी विस्तार गर्न इच्छुक रहेको जनाउँदै त्यसका लागि लगानीमैत्री वातावरण, नीतिगत स्थिरता तथा आवश्यक सहजीकरणको अपेक्षा रहेको बताइन्।

उनले इन्टरनेट स्वतन्त्रताको संरक्षणसँगै डिजिटल माध्यमबाट उत्पन्न हुने चुनौतीहरूको प्रभावकारी व्यवस्थापन आवश्यक रहेको उल्लेख गरिन्। अनलाइन ठगी, अश्लील सामग्रीको प्रसार तथा संवेदनशील सामग्रीको नियन्त्रणमा सहकार्य गर्न सकिने बताउँदै लगानी विस्तार र डिजिटल पूर्वाधार विकासका क्षेत्रमा अमेरिका सहयोग गर्न तयार रहेको उनको भनाइ थियो।

सञ्चारमन्त्री डा। तिमिल्सिनाले नेपाल सूचना प्रविधिमार्फत आर्थिक तथा प्रशासनिक रूपान्तरणको दिशामा अघि बढिरहेको उल्लेख गर्दै यस क्षेत्रमा हुने सबै प्रकारका द्विपक्षीय तथा बहुपक्षीय सहकार्यलाई नेपालले स्वागत गर्ने बताए।

उहाँले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै दूरसञ्चार क्षेत्रमा लगानीका लागि नेपालमा विद्यमान नीतिगत तथा कानुनी व्यवस्थाबारे जानकारी गराए।

सञ्चारमन्त्री तिमिल्सिनाले सरकार सामाजिक सञ्जाल नियन्त्रणको पक्षमा नरहेको स्पष्ट पार्दै जिम्मेवार, सुरक्षित र उत्तरदायी डिजिटल वातावरण निर्माणका लागि आवश्यक नियामकीय व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ७ : ४४ बजे

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको

यी भूभागमा वर्षाको सम्भावना, कोशी प्रदेशमा ठूलो पानी पर्नसक्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार