इजरायल नीतिको विरोध गर्दै अमेरिकी सिनेट चुनावमा डा.सयद « Khabarhub

इजरायल नीतिको विरोध गर्दै अमेरिकी सिनेट चुनावमा डा.सयद


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मिसिगन – दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट आफ्नो पैतृक गाउँ ध्वस्त भएको सम्झिँदा स्थानीय अधिकारकर्मी सुहैला अमिनको आँखा रसाउँछन्। “आफ्नो पुर्खाको भूमि ध्वस्त भएको दृश्य देख्दा मन थाम्न सकिँदैन,” अमिनले भावुक हुँदै भनिन्, “हाम्रो जीवनको कुनै मूल्य नै छैन र हामीलाई बेवास्ता गरिएको छ भन्ने अनुभूति यहाँका मानिसलाई भइरहेको छ।”

प्यालेस्टाइन र लेबनानमा तीन वर्षदेखि जारी युद्ध, ठूलो संख्यामा मानवीय क्षति र विनाशका कारण मिसिगनमा रहेका विशाल अरब-अमेरिकी समुदाय शोक, पीडा र निराशामा छन्। तर, यही निराशाका बीच उनीहरूले अमेरिकी राजनीतिमा नयाँ आशाको किरण देखेका छन्— इजरायललाई दिइँदै आएको अमेरिकी सरकारी सहयोगको विरोध गर्ने नेताहरूको उदय।

मिसिगन राज्यबाट सिनेट सदस्यका लागि प्रतिस्पर्धा गरिरहेका डा. अब्दुल अल-सयद यस्तै एउटा बलियो नाम बनेका छन्। पेसाले चिकित्सक तथा जनस्वास्थ्यविज्ञ अल-सयदले वैदेशिक युद्धमा बजेट खन्याउनुको साटो स्थानीय समुदाय र विकासमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन्।

गजा क्षेत्रमा इजरायलले गरिरहेको सैन्य कारबाहीलाई ‘नरसंहार’को संज्ञा दिँदै उनले त्यसको खुलेर भर्त्सना गर्दै आएका छन्। इजिप्टिसियन मूलका अल-सयदलाई रोक्न भने इजरायल समर्थक समूहले ठूलो धनराशि खर्च गरिरहेका छन्। अमेरिकन इजरायल पब्लिक अफेयर्स कमिटी (आइप्याक) लगायतका समूहले अल-सयदका डेमोक्रेटिक प्राथमिक प्रतिस्पर्धी तथा कंग्रेसवुमन हेले स्टेभेन्सको पक्षमा ५ करोड डलरभन्दा बढी लगानी गरेका छन्।

आइप्याकको यति ठूलो आर्थिक दबाबका बाबजुद अल-सयदको उम्मेदवारीलाई लिएर अरब-अमेरिकी समुदाय उत्साहित छ। अमिन भन्छिन्, “आइप्याकले खडा गरेको सोझै प्रभावको ‘साम्राज्य’ ढलेको हेर्न पाउनु निकै सुखद हुनेछ।” यदि अल-सयदले डेमोक्रेटिक प्राइमरी जित्न सके त्यो निर्णय ऐतिहासिक हुने अधिकारकर्मीको विश्वास छ।

अमिनका अनुसार, “अब्दुल मिसिगन राज्य र सिङ्गो अमेरिकाका लागि सही उम्मेदवार हुन्। सबैजना इजरायलको हितमा मात्रै लाग्दैनन् र उम्मेदवारहरूले अमेरिका तथा आफ्ना मतदातालाई प्राथमिकतामा राख्नुपर्छ भन्ने सन्देश हामी विश्वलाई दिन चाहन्छौँ।”

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ७ : ०५ बजे

एक हजार ३३ केजी गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ– मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट एक हजार ३३ किलो ४८४

‘आधा जिन्दगी’ गीतको पूर्ण जीवनदर्शन

एस्पी कोइराला नेपाली सुगम सङ्गीत तथा गीति-साहित्यको क्षेत्रमा एक परिचित

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

काठमाडौँ– नेपाली सेनाले जटिल भूबनोट भएका ३२ सडक आयोजनाका सम्पन्न

‘निम्स दाइको साहस अमर रहनेछ’

काठमाडौँ – पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो

पहिरो र बाढीका कारण देशका विभिन्न सडक अवरुद्ध : मेची राजमार्ग ठप्प

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न