किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्‍याउन ओलीको आह्वान « Khabarhub

किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्‍याउन ओलीको आह्वान

तुलसीलाल अमात्य र भीमदत्त पन्तको स्मृति दिवस


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिस्ट तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्वद्वय तुलसीलाल अमात्य र अमर शहीद भीमदत्त पन्तले अघि बढाएको आन्दोलनको विरासतलाई थप उचाइमा पुर्‍याउन आग्रह गरेका छन्।

अमात्य र पन्तको स्मृति दिवसका अवसरमा शनिबार श्रद्धाञ्जली सन्देश जारी गर्दै अध्यक्ष ओलीले उक्त आग्रह गरेका हुन्।

नेपाल कम्युनिस्ट पार्टीका पूर्वमहासचिव तुलसीलाल अमात्यले नेपालमा किसान आन्दोलनलाई वैचारिक तथा सङ्गठनात्मक रूपमा सुदृढ बनाउन खेलेको भूमिकाको स्मरण गर्दै ओलीले सामन्तवादी भूस्वामित्वका विरुद्ध ‘जसको जोत, उसको पोत’ भन्ने नाराका साथ किसानलाई हक-अधिकारका लागि सङ्गठित हुन प्रेरित गरेको उल्लेख गरेका छन्। निरङ्कुशताविरुद्धको सङ्घर्ष तथा वामपन्थी आन्दोलनमा अमात्यले निर्वाह गरेको भूमिका नेपाली राजनीतिक इतिहासमा सधैँ स्मरणीय रहने उनले बताएका छन्।

यस्तै, सन्देशमा अमर शहीद भीमदत्त पन्तलाई सामन्तवादी शोषणविरुद्धको सङ्घर्षका निडर तथा क्रान्तिकारी योद्धाका रूपमा स्मरण गरिएको छ। ‘कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो’ भन्ने नाराका साथ पन्तले सुदूरपश्चिममा हलिया र कमैया प्रथाविरुद्ध उत्पीडित किसानको पक्षमा आन्दोलनको नेतृत्व गरेको ओलीले उल्लेख गरेका छन्।

विक्रम संवत् २०१० साउन १७ गते पन्तको निर्मम हत्या गरी किसान आन्दोलन दबाउने उद्देश्यले शिर छिनालेर प्रदर्शन गरिएको घटनालाई नेपाली किसान आन्दोलनको इतिहासको अत्यन्त दुःखद अध्यायका रूपमा स्मरण गरिएको छ।

दुवै नेताको त्याग, समर्पण र क्रान्तिकारी विचार नेपाली समाजका लागि प्रेरणाको स्रोत भएको बताउँदै ओलीले लोकतान्त्रिक प्रणालीको रक्षा, सामाजिक न्याय, समानता र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नु नै उनीहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरेका छन्।

अध्यक्ष ओलीले किसान आन्दोलनका अमर शहीद भीमदत्त पन्त र नेता तुलसीलाल अमात्यप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै उनीहरूको योगदान नेपाली राजनीतिक तथा किसान आन्दोलनको इतिहासमा सदैव सम्मानपूर्वक स्मरण भइरहने जनाएका छन्।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ९ : ०२ बजे

बाढीपीडितका लागि भारतले पठायो १० टन राहत सामग्री र औषधि

काठमाडौं – भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार

पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने

गण्डकी – पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

सुदूरपश्चिम सरकारले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको

रसुवा बाढी : मधेश सरकारका पदाधिकारी–कर्मचारीले एक दिनको तलब दिने

काठमाडौं – रसुवामा भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको

भोटकोशी बाढी : एक हजारभन्दा बढी सवारीसाधनमा क्षति

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट एक हजारभन्दा बढी