गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु « Khabarhub

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गाजा सहर- युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको दाबी गरे पनि गाजामा इजरायली आक्रमण जारी रहेको छ । शनिबार रातभर भएका आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

हमासले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको योजनामा सहमति जनाएको थियो । उक्त योजनामा हतियार हस्तान्तरण तथा गाजा क्षेत्रबाट इजरायली सेनाको क्रमिक फिर्तीसम्बन्धी प्रावधान समावेश छन् ।

यद्यपि, इजरायलले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन । इजरायली राजनीतिक स्रोतलाई उद्धृत गर्दै एएफपीले हमासको ‘पूर्ण निःशस्त्रीकरण’ नभएसम्म सेनाको कुनै पनि प्रकारको फिर्ती नहुने जनाएको छ । गाजाको नागरिक सुरक्षा निकायका अनुसार रातभर भएका आक्रमणमा विभिन्न आवासीय भवनहरू निसानामा परेका थिए ।

मध्य गाजा क्षेत्रमा इजरायली सैन्य हेलिकप्टरले एउटा अपार्टमेन्टमा गरेको आक्रमणमा एक पुरुष र उनकी श्रीमतीको मृत्यु भएको तथा अन्य केही व्यक्ति घाइते भएका नागरिक सुरक्षा प्रवक्ताले बताएका छन् ।

गाजा सहरको पश्चिममा रहेको अर्को अपार्टमेन्टमा भएको आक्रमणमा एक वृद्ध र एक बालकको मृत्यु भएको छ । त्यसैगरी, दक्षिणी गाजाको खान युनिसको उत्तर–पश्चिममा रहेको अर्को अपार्टमेन्टमा गरिएको आक्रमणमा एक बालकसहित तीन जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन् ।

यसअघि शनिबार भएका छुट्टाछुट्टै आक्रमणमा अन्य आठ जनाको मृत्यु भएको थियो । ती आक्रमणका क्रममा एउटा अस्पतालको चिकित्सा सामग्रीमा क्षति पुगेको र भवनको छतसमेत निसाना बनाइएको अधिकारीहरूले बताएका छन् । रासस
 

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ११ : ३७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार