२४ घण्टामा विपद्का घटना : एक जनाको मृत्यु, २० घाइते « Khabarhub

 २४ घण्टामा विपद्का घटना : एक जनाको मृत्यु, २० घाइते


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)का अनुसार शुक्रबार बिहान १० देखि शनिबार बिहान १० बजेसम्म देशका २५ जिल्लामा ३४ वटा विपद्का घटना भएका छन् । ती घटनामध्ये एकमा सर्पले डस्दा एक जनाको मृत्यु भएको र २० जना घाइते भएका हुन् ,।

उक्त अवधिमा सर्पदंशका १४, आगलागीका ११, पहिरोका छ र जनावर आक्रमणका तीन घटना भएका छन् । ती घटनाबाट रु २७ लाख २५ हजार बराबरको अनुमानित क्षति भएको छ । साथै, दुई स्थानमा सडक अवरुद्ध भएको र १८ चौपायाको क्षति भएको छ ।

 यसैबीच, प्राधिकरणले  गत वैशाख १ देखि आज बिहानसम्म देशभर चार हजार ५३ वटा विपद्का घटना भएका,  ती घटनामा १९६ जनाको मृत्यु, चार जना बेपत्ता र एक हजार २९१ जना घाइते भएका जनाएको छ । विपद्बाट पाँच हजार १८८ परिवार प्रभावित भएका छन् ।
 

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  १२ : १२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार