इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता « Khabarhub

इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बग्दाद– इराकले टर्कीसँग इराक–टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म ढुवानी गरी निर्यात गर्ने एक वर्षे सम्झौता गरेको छ । इराकको तेल मन्त्रालयले शनिबार यसबारे जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार सम्झौताअन्तर्गत इराकले उक्त पाइपलाइनमार्फत दैनिक कम्तीमा सात लाख ५० हजार ब्यारेल कच्चा तेल निर्यात गर्नेछ ।

इराकी तेलमन्त्री बासिम मोहम्मद खुदैरले सम्झौता कार्यान्वयनका लागि दुवै देशका सम्बन्धित कम्पनीले काम सुरु गर्ने बताएका छन् ।

इराकी प्रधानमन्त्री अली अल–जैदीले सामाजिक सञ्जाल ‘एक्स’ मा दुवै देशले तेल, विद्युत्, जलस्रोतलगायत आपसी हितका क्षेत्र समेटिएको विस्तृत सहकार्यको ढाँचा तयार गर्ने प्रक्रियालाई अघि बढाउने बताए ।

टर्कीका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री अल्पार्सलान बायराक्तारले सेहान बन्दरगाह हुँदै विश्व बजारमा इराकी तेल पुर्‍याउने पाइपलाइन क्षेत्रीय तथा विश्वव्यापी ऊर्जा आपूर्ति सुरक्षाका दृष्टिले रणनीतिक महत्वको रहेको बताए ।

सेहानमार्फत इराकी तेल निर्यातसम्बन्धी दशकौँ पुरानो सम्झौताको अवधि सोमबार सकिएपछि नयाँ सम्झौता गरिएको हो । ‘स्टेट अफ होर्मुज’ मा बढ्दो क्षेत्रीय तनावले ढुवानीमा असर पार्न सक्ने अवस्थाबीच इराकले तेल निर्यातका वैकल्पिक मार्ग सुरक्षित गर्ने प्रयास गरिरहेको छ ।

कच्चा तेल निर्यात इराकको अर्थतन्त्रको प्रमुख आधार हो । तेलबाट हुने आम्दानीले देशको कुल राजस्वको करिब ९० प्रतिशत हिस्सा ओगट्ने गर्छ । रासस

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  १ : २७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार