कांग्रेस एक बनाउन युवा अभियान, नैनसिंहले भने- अविश्वास र आन्तरिक किचलोले पार्टी बिग्रियो « Khabarhub

कांग्रेस एक बनाउन युवा अभियान, नैनसिंहले भने- अविश्वास र आन्तरिक किचलोले पार्टी बिग्रियो


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक विभाजन कम गर्दै विभिन्न धारबीच सहकार्य र एकता सुदृढ गर्ने उद्देश्यसहित पार्टीका युवा नेताहरूले नयाँ अभियान अघि बढाउने घोषणा गरेका छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा ‘देश र काँग्रेस जोड्ने’ नाम दिइएको उक्त अभियान सभापति गगन थापा नेतृत्वको पक्ष र संस्थापन इतर समूहबीच संवाद तथा सहकार्यको वातावरण निर्माण गर्ने लक्ष्यका साथ सुरु गर्न लागिएको जनाइएको छ । 

नेता नैनसिंह महर, रञ्जित कर्णलगायतको पहलमा सञ्चालन हुन लागेको अभियानअन्तर्गत साउन २० गते ‘राष्ट्रिय एकता भेला’ आयोजना गरिने जानकारी दिइएको छ । 

आयोजकका अनुसार पालिका, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व सुनिश्चित हुने गरी भेलाको तयारी गरिएको छ । 

अभियानका अगुवाहरूले नेपाली कांग्रेसको संगठनात्मक कमजोरीले लोकतान्त्रिक प्रणालीसमेत प्रभावित हुन सक्ने र त्यसबाट प्रतिगामी शक्तिलाई लाभ पुग्ने निष्कर्षका आधारमा एकताको पहल आवश्यक भएको बताएका छन् । 

उनीहरूले यो अभियान कुनै व्यक्ति, गुट वा पदकेन्द्रित नभई पार्टीको संस्थागत सुदृढीकरण र लोकतान्त्रिक मूल्यको संरक्षणलाई केन्द्रमा राखेर अघि बढाइने स्पष्ट पारेका छन् । 

कार्यक्रममा बोल्दै नेता नैनसिंह महरले पार्टीभित्र बढ्दो अविश्वास र आन्तरिक किचलोका कारण संगठन कमजोर भएको देखिएकाले अभियानले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा पुनर्जीवित गर्ने लक्ष्य राखेको बताए ।

त्यसतै पार्टीका अर्का नेता तथा राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले देश हाल गम्भीर चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दे सुनसरीबाट सुरू भएको साम्प्रदायिक तनाव मधेशका विभिन्न जिल्लासम्म फैलिएको, आर्थिक मन्दी, बेरोजगारी, युवा पलायन र सुशासनको संकटले जनजीवन कष्टकर बनेको बताए । 

उनले सरकार जनगुनासो सम्बोधन गर्न प्रभावकारी नभएको अवस्थामा मुख्य प्रतिपक्ष नेपाली कांग्रेस आफ्नै आन्तरिक विवादमा अल्झिनु लोकतन्त्रका लागि समेत चिन्ताको विषय भएको बताए ।

भेलाले पार्टी एकतालाई संस्थागत बनाउने, जनतासँगको सम्बन्धलाई पुनर्जीवित गर्ने र कार्ययोजना सार्वजनिक गर्ने नेताहरूले बताएका छन्  ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  १ : ५१ बजे

रसुवा बाढी : मधेश सरकारका पदाधिकारी–कर्मचारीले एक दिनको तलब दिने

काठमाडौं – रसुवामा भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको

भोटकोशी बाढी : एक हजारभन्दा बढी सवारीसाधनमा क्षति

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट एक हजारभन्दा बढी

त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए

चितवन – चीनको स्वशाषित क्षेत्र तिब्बतबाट हुँदै भोटेकोशीमा गएको बाढीसँगै

भोटेकोशी बाढी : तनहुँमा ६ शव भेटिए

तनहुँ – भोटेकोशीमा गएको बाढीसँगै तनहुँको त्रिशूली र देवघाटको नारायणीमा

रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय

काठमाडाैं – रसुवा बाढीमा परी जलविद्युत आयोजनामा कार्यरत १९६ भन्दा