अमेरिकी हतियार भण्डारमा एक हजार इन्टरसेप्टर क्षेप्यास्त्र बाँकी « Khabarhub

अमेरिकी हतियार भण्डारमा एक हजार इन्टरसेप्टर क्षेप्यास्त्र बाँकी


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एउटा प्रतिष्ठित संस्थाले इरानविरुद्ध युद्ध लडिरहेको अमेरिकी सेनासँग एक हजार आसपास मात्रै इन्टरसेप्टर क्षेप्यास्त्र बाँकी रहेको दाबी गरेको छ । युद्धशास्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध तथा रणनीतिक क्षेत्रमा प्रतिष्ठित सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडिजले हालै सार्वजनिक गरेको प्रतिवेदनमा अमेरिकासँँग एक हजार आसपास मात्रै इन्टरसेप्टर क्षेप्यास्त्र बाँकी रहेको उल्लेख छ ।

यसमध्ये अमेरिकी हतियार भण्डारमा ७ सय ५९ देखि ८ सय २७ पेट्रियट क्षेप्यास्त्र बाँकी छन् । फेब्रुअरी २८ मा सुरु भएको इरान युद्धअघि अमेरिकासँग यस्ता २ हजार ३ सय ३० क्षेप्यास्त्र थिए । सेन्टरका अनुसार गत अप्रिल ८ मा भएको युद्धविरामका बेला यस्ता १ हजार ३० आसपास क्षेप्यास्त्र बाँकी रहेका थिए ।

यसैगरी अमेरिकासँग थर्मल हाइ अल्टिट्युड एयर डिफेन्स ‘थाड’ क्षेप्यास्त्रको सङ्ख्यामा पनि उल्लेख्य कमी आएको पाइएको छ । हाल अमेरिकासँग थाड क्षेप्यास्त्र २ सय ३४ देखि २ सय ७८ सम्म मात्रै बाँकी छन् । युद्धअघि अमेरिकासँग यस्ता ४ सय ५२ क्षेप्यास्त्र रहेका थिए ।

अमेरिकी रक्षा कम्पनी लकहिड मार्टिनले हरेक वर्ष करिब एक सय हाराहारीमा थाड क्षेप्यास्त्र उत्पादन गर्दै आएको छ । त्यस्तै, रेथियन र लकहिड मार्टिनले ६ सय आसपास पेट्रियट क्षेप्यास्त्र उत्पादन गर्दै आएका छन् । शत्रुले प्रहार गरेको क्षेप्यास्त्र, लडाकु विमान तथा ड्रोनलाई बीच आकाशमै निस्तेज पार्न यी क्षेप्यास्त्र प्रणालीको प्रयोग हुँदै आएको छ ।

छोटो दूरीको क्षेप्यास्त्र, ड्रोन र लडाकु विमानलाई निस्तेज पार्न पेट्रियट प्रभावकारी मानिन्छ भने मध्यम तथा लामो दूरीको क्षेप्यास्त्र निस्तेज पार्न थाडको प्रयोग हुन्छ । पेट्रियटको मारक क्षमता ६० देखि १ सय किलोमिटर रहेको छ भने थाडको मारक क्षमता २ सय किलोमिटर मानिन्छ ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ४ : ०० बजे

रसुवा बाढीका कारण विद्युत क्षमतामा १० प्रतिशत प्रभावित

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल

रसुवा बाढीमा ४०३ पर्यटक बेपत्ता, अधिकांश विदेशी

काठमाडौं – रसुवामा बुधबार आएको विनाशकारी बाढीले पर्यटकमाझ ठूलो त्रास

रसुवा बाढीमा फेसका ११४ जनाको हवाई उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी : जलविद्युत आयोजनाका १३३ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत आयोजना

विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न निर्देशन

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाढीबाट भएको