सुस्तामा फेरि पस्यो ठूलो संख्याामा भारतीय फौज, नेपाली भूमिमा बनिरहेको बाँध भत्काइदियो « Khabarhub

सुस्तामा फेरि पस्यो ठूलो संख्याामा भारतीय फौज, नेपाली भूमिमा बनिरहेको बाँध भत्काइदियो


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

बुटवल- पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपाली भूमिमा फेरि प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएपछि आइतबार सीमा क्षेत्रमा तनाव उत्पन्न भएको छ।

स्थानीयबाासीका अनुसार आइतबार दिउँसो करिब साढे ३ बजे सादा पोसाकका करिब १५ जना र हतियारसहित थप करिब ६० जना एसएसबी फौज नेपाली भूमिमा प्रवेश गरेका थिए।

उनीहरूले सुस्ता गाउँपालिका–५ को थारू टोलमा निर्माण भइरहेको करिब १३२ मिटर लामो माटोको कच्ची बाँध भत्काइदिएका हुन्।

भारतीय सुरक्षाकर्मीले बाँध भत्काउन थालेपछि स्थानीयवासीले विरोध जनाए। तर हतियारसहित ठूलो संख्यामा आएका एसएसबीका कारण उनीहरूले रोक्न नसकेको स्थानीयले बताएका छन्।

सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमका अनुसार भारतीय एसएसबी दुई देशबीचको सीमा मानिने सिमलको रुखबाट करिब ३०० मिटर नेपालतर्फ प्रवेश गरेर बाँध भत्काएको हो। उनले यस क्रममा स्थानीय र भारतीय सुरक्षाकर्मीबीच विवाद भएको बताए।

यसअघि पनि गत असारमा भारतीय सुरक्षाकर्मी सुस्ता क्षेत्रमा प्रवेश गरी बाँध निर्माण रोक्न दबाब दिएको भन्दै निर्माण कार्य प्रभावित भएको थियो।

स्थानीयबासी मुन्ना खाँका अनुसार सीमा स्तम्भको अभाव, नारायणी नदीले बारम्बार धार परिवर्तन गर्नु तथा भारतीय पक्षबाट हुने हस्तक्षेपका कारण सुस्ता क्षेत्रमा लामो समयदेखि सीमा विवाद दोहोरिँदै आएको छ।

घटनापछि अवस्था थप तनावग्रस्त हुन नदिन नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) पनि घटनास्थलमा परिचालन गरिएको छ। घटनाबारे नेपाली सुरक्षा निकायले थप जानकारी संकलन गरिरहेको जनाएको छ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ५ : २९ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२