स्थानीयवासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै दिन इप्पानको माग « Khabarhub

स्थानीयवासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै दिन इप्पानको माग


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीयवासीलाई निष्कासन गरिने सेयर अंकित मूल्य अर्थात् प्रति कित्ता एक सय रुपैयाँमा नै उपलब्ध गराउनुपर्ने माग गरेको छ ।

आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै इप्पानले केही प्रवर्द्धक कम्पनीहरूले स्थानीय प्रभावितका लागि प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ९ (४) अनुसार स्थानीयलाई लाभान्वित गराउने उद्देश्यले १० प्रतिशत सेयर दिने कानुनी प्रबन्ध रहेको स्मरण गराउँदै इप्पानले सोही अनुसार अंकित मूल्यमै सेयर दिन सम्पूर्ण सदस्यहरूलाई अनुरोध गरेको छ ।

इप्पानका अनुसार जलविद्युत आयोजना निर्माणका क्रममा जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव सहने र निर्माण अवधिभरका असुविधा व्यहोर्ने स्थानीय समुदायलाई आयोजनाको वास्तविक साझेदार बनाउनु आवश्यक छ । 

यदि स्थानीयलाई प्रिमियम मूल्यमा सेयर निष्कासन गरिएमा उनीहरूको पहुँच सीमित हुने, अपनत्वको भावना कमजोर हुने र आयोजना र समुदायबीचको विश्वासको सम्बन्धमा नकारात्मक असर पर्ने ठहर इप्पानले गरेको छ ।

अंकित मूल्यमा सेयर उपलब्ध गराउँदा स्थानीय स्तरमा सहयोग र सहकार्य सुदृढ हुने, सामाजिक विवाद र अवरोधहरू न्यून हुने तथा आयोजनाहरू समयमै सम्पन्न गर्न सहज वातावरण निर्माण हुने विश्वास विज्ञप्तिमा व्यक्त गरिएको छ । यसबाट स्थानीयको आर्थिक सशक्तीकरण र सामाजिक सद्भावमा समेत टेवा पुग्ने इप्पानको भनाइ छ ।

इप्पानले नेपाल सरकार र सम्बन्धित नियामक निकायहरूलाई स्थानीय प्रभावितको हित र आयोजनाको दीर्घकालीन स्थायित्वका लागि अंकित मूल्यमा सेयर उपलब्ध गराउने नीतिलाई निरन्तरता दिन आग्रह गरेको छ । 

साथै, साधारण सेयर निष्कासन प्रक्रिया लामो समयदेखि प्रभावित हुँदा प्रवर्द्धकहरूले समस्या भोगिरहेको तर्फ ध्यानाकर्षण गराउँदै इप्पानले यस प्रक्रियालाई सरल, पारदर्शी र समयबद्ध बनाउन माग गरेको छ ।

प्रेस विज्ञप्ति मार्फत इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले सेयर निष्कासनमा भइरहेको ढिलाइ समाधानका लागि समयमै सेयर निष्कासन गर्ने परिपाटी विकास गर्न सरकार र सरोकारवाला निकायहरूसँग विशेष आग्रह गरेका छन् ।
 

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ५ : ४० बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको