अन्तर–विद्यालय क्विज प्रतियोगिता, माउन्ट सेब प्रथम, लालीगुराँस द्वितीय « Khabarhub

अन्तर–विद्यालय क्विज प्रतियोगिता, माउन्ट सेब प्रथम, लालीगुराँस द्वितीय


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डाइनामिक एजुकेसन एसोसिएसन (डिन) को आयोजनामा काठमाडौंमा अन्तर–विद्यालय क्विज प्रतियोगिता सम्पन्न भएको छ।

विद्यार्थीहरूको बौद्धिक क्षमता, तार्किक सोच, सामान्य ज्ञान र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा २० विद्यालयका विद्यार्थी सहभागी भएका थिए।

प्रतियोगितामा माउन्ट सेब सेकेन्डरी स्कुल प्रथम, लालीगुराँस बाटिका सेकेन्डरी स्कुल द्वितीय, क्रिएसन एकेडेमी तृतीय, नवज्योति सेकेन्डरी स्कुल चतुर्थ, ज्ञानमाला इङ्ग्लिस हाई स्कुल पाँचौँ र सुभाष गुरुकुल नेशनल एकेडेमी छैटौँ भएका छन्। विजयी विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमका वक्ताहरूले यस्ता प्रतियोगिताले विद्यार्थीको ज्ञान, नेतृत्व क्षमता, आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण योगदान पुग्ने बताएका थिए। आयोजकले आगामी दिनमा पनि यस्ता शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ५ : ५७ बजे

आईएफआरसीद्वारा बाढी प्रभावितलाई तत्काल १९ करोड सहयोग घोषणा

काठमाडौँ– रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)ले तिब्बतबाट आएको

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र हैदराबाद खेल्दै

काठमाडौँ– अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

रसुवा बाढी: २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय

बाढीको कारण : हिउँ–चट्टानको हिमपहिरो

काठमाडौँ– रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

चितवन– चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा