जापानी अर्थतन्त्र उकास्न अमेरिकाले अर्बौ डलर बराबरको येन खरिद गर्ने « Khabarhub

जापानी अर्थतन्त्र उकास्न अमेरिकाले अर्बौ डलर बराबरको येन खरिद गर्ने


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानको अर्थतन्त्र उकास्न अमेरिकाले अर्बौ डलर बराबरका येन खरिद गर्ने भएको छ । चार दशक यताकै न्यून विन्दुमा पुगेकोे येनलाई उकास्न जापान र अमेरिकाले संयुक्त प्रयास गर्ने समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसबारे जापानी अर्थमन्त्री सात्सुकी कातायामाले सोमबार औपचारिक घोषणा गर्नेछन् । अमेरिकाले ५ देखि १० अर्ब डलर बराबरको येन खरिद गर्ने तयारी गरेको बुझिएको छ । मेरिल्याण्ड राज्यको क्याम्प डेभिडमा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टको नोटप्याडमा ‘गर्नुपर्ने काम’ मा ५ देखि १० अर्ब डलर बराबरको येन खरिद गर्ने उल्लेख छ ।

यसअघि गत बिहीबर जापान सरकारले न्यूयोर्कको वित्तीय बजारमा अमेरिकी डलरमा येन खरिद गरेको थियो । रोयटर्सका अनुसार जापानको केन्द्रीय बैंकले पनि येनलाई उकास्न ५८ अर्ब ९८ करोड डलर बिक्री गरेको थियो ।

गत शुक्रबार बैंक अफ जापानले मौद्रिक नीतिलाई निरन्तरता दिँदै चाँडै ब्याजदर बढाउने सङ्केत गरेको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ५ : ५६ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको