इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता « Khabarhub

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको हताहत भएको छ । डुंगामा आगलागीपछि आत्तिएर यात्रुहरू समुद्रमा हाम फालेपछि पाँच जनाको मृत्यु भएको र अन्य ४१ जना बेपत्ता भएकाे खोज तथा उद्धार अधिकारीहरूले बताएका छन् ।

क्षेत्रीय सुराबाया खोज तथा उद्धार निकायले भनेको छ, ‘जहाजमा सवार पाँच जनाको मृत्यु भएको, ४१ जना बेपत्ता भएका र २२५ जनालाई उद्धार गरिएको छ ।’

इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार निकाय (बासारनास) का अनुसार डुंगामा आगलागीपछि केही यात्रु आत्तिएर समुद्रमा हाम फालेका थिए र नजिकैको जहाजले उनीहरूलाई समुद्रबाट उद्धार गरेको थियो ।

चार अन्य जहाज डुंगानजिकै तयारी अवस्थामा थिए तर, डुंगामा रहेको ज्वलनशील सामग्रीको जोखिमका कारण नजिक जान असम्भव भएको बासारनासले जानकारी गराएको छ ।

बासारनासले त्यसपछि क्याप्टेनसँग सम्पर्क नभएको बताएको छ । घटनास्थलबाट छ घण्टाको दूरीमा रहेको सुराबायाबाट ठूलो उद्धार टोली घटनास्थलतर्फ गएकाे बताइएकाे छ ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ९ : ४२ बजे

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

चितवन– चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते