अर्थ समाचार : भोटेकोशीको बाढीपछि २५ अर्बको बीमा दाबी, इन्जिनियरिङमा मात्रै २० अर्ब क्षति, बाढी प्रभावितलाई सहयोग बढ्दै, प्रभु बैंकले दियो सवा दुई करोड र केरूङको मुख्य राजमार्ग सातामै खुलायो चीनले « Khabarhub

अर्थ समाचार : भोटेकोशीको बाढीपछि २५ अर्बको बीमा दाबी, इन्जिनियरिङमा मात्रै २० अर्ब क्षति, बाढी प्रभावितलाई सहयोग बढ्दै, प्रभु बैंकले दियो सवा दुई करोड र केरूङको मुख्य राजमार्ग सातामै खुलायो चीनले


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

चीनले बाढीपछि अवरूद्ध केरूङको मुख्य राजमार्ग सातामै खुलायो, चौबीसै घण्टा चल्दैछ उद्धार अभियान

नेपालसँगको जोडिएको चीनको दक्षिणपश्चिमी शिचाङ स्वायत्त क्षेत्रमा गत बुधबार बिहानको पहिरोले क्षतिग्रस्त महत्वपूर्ण राजमार्ग एक सातामै पुनः सञ्चालनमा आएको छ।

चौबीसै घण्टा जारी उद्धार प्रयासबीच राजमार्ग सञ्चालनमा आएपछि गत साता गएको विनाशकारी पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यले थप गति लिने भएको छ।

चाइना मिडिया ग्रुप (सीएमजी) का पत्रकारहरूले केरूङ बन्दरगाहबाट जनाएअनुसार जी–२१६ राष्ट्रिय राजमार्ग हुँदै ठूला सवारीसाधन तथा भारी उपकरण विपद्को मुख्य प्रभावित क्षेत्रमा पुगेका छन्। यससँगै अझै सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारलाई थप व्यापक र गहिराइमा अघि बढाउन सकिने भएको छ।

बाढी प्रभावितका लागि प्रभु बैंकको २ करोड ११ लाख रुपैयाँ सहयोग

ग्लोबल आइएमई बैंकद्वारा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

बाढी विपत्तिको शोकमा आन्तरिक राजस्व विभागद्वारा भदौ १६ को करदाता पुरस्कार स्थगित

भोटेकोशीको बाढी : २५ अर्बको बीमा दाबी, इन्जिनियरिङमा मात्रै २० अर्ब क्षति

भदौ १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण बीमा क्षेत्रमा अर्बौँ रुपैयाँ बराबरको प्रारम्भिक बीमा दाबी परेको छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार भदौ १५ गतेसम्म बीमा कम्पनीहरूमा कुल ५८३ वटा बीमा दाबी दर्ता भएका छन् । जसको कुल अनुमानित तथा प्रारम्भिक दाबी रकम २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

प्राधिकरणले भदौ १५ गतेसम्म विभिन्न निर्जीवन र लघुबीमा कम्पनीबाट प्राप्त विवरणका आधारमा यो प्रारम्भिक तथ्यांक संकलन गरेको हो । बाढीका कारण क्षति भएका क्षेत्रहरूलाई बीमालेखको प्रकारका आधारमा वर्गीकरण गर्दा इन्जिनियरिङ तथा ठेकेदार जोखिम विधामा सबैभन्दा धेरै रकम दाबी भएको देखिन्छ ।

बाढीबाट ठूला जलविद्युत् तथा भौतिक पूर्वाधार आयोजनामा क्षति पुग्दा यस विधा अन्तर्गत केवल ५२ वटा दाबी दर्ता भए पनि कुल दाबी रकम भने सबैभन्दा उच्च २० अर्ब ५० करोड ७७ लाख ९० हजार रुपैयाँ रहेको छ । यो कुल दाबी रकमको करिब ७९.२६ प्रतिशत हो ।

बाढी प्रभावित पत्रकार तथा सञ्चारकर्मीका परिवारलाई लुम्बिनी प्रेस क्लबको एक लाख सहयोग 

भारत, इजरायल र युरोपलाई जोड्ने आर्थिक करिडोर : मध्यपूर्वको सबैभन्दा ठूलो तर ओझेलमा परेको रणनीतिक कथा

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  ७ : ०४ बजे

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको

आजका समाचार : सुरुङबाट उद्धार तत्काल असम्भव, प्रधानमन्त्री पनि पछि हटे, कांग्रेस देउवा समूह महाधिवेशनतिर !

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ

रसुवागढी हाइड्रोको टनेलमा २७५ मिटरसम्म पुगेर खोजी, उद्धार प्रयास जारी

काठमाडौं – बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई

राहत र उद्धारमा छैन माथिदेखि तलैसम्म समन्वय, बालेनले संसद्‍मा सुनाए हुँदै नभएका कुरा

काठमाडौं– रसुवागढी नाकास्थित नेपाल–चीन सीमामा गत बुधबारको भयानक बाढी-पहिरोबारे प्रधानमन्त्री