म्याग्दीको पाउद्वार–खोप्रा पदमार्ग श्रमदानबाट मर्मत « Khabarhub

म्याग्दीको पाउद्वार–खोप्रा पदमार्ग श्रमदानबाट मर्मत


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- गत असोज महिनाको भीषण वर्षापछि पहिरोले अवरुद्ध बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्वार गाउँदेखि खोप्रा (खोपारा) जोड्ने पदमार्ग सञ्चालनमा ल्याइएको छ।

पाउद्वारका बासिन्दाले श्रमदान गरेर पाउद्वार-खोप्रा-खयर पदमार्गको पाउद्वार-हिलडाँडा-लरेनी खण्डको मर्मत गरी सञ्चालनमा ल्याएका हुन्। पाउद्वार पर्यटन सहकारी संस्थाका सचिव हरि तिलिजा पुनले पदमार्ग मर्मत गरी सहज रूपमा आवतजावतको व्यवस्था मिलाइएको जानकारी दिए।

‘श्रमदान गरेर पहिरो पन्छाउने र नयाँ मार्ग बनाएर पदमार्ग सञ्चालन गरिएको हो,’ उनले भने, ‘दुई सय घरपरिवार रहेको पाउद्वारका बासिन्दा पहिरोले क्षति पुर्‍याएको पदमार्ग, विद्युत् र खानेपानी योजना मर्मतका लागि एक महिनादेखि श्रमदान अभियानमा छौँ।’

पाउद्वारकी बासिन्दा प्रभा तिलिजा पुनले दैनिक ५० जनाका दरले पाँच दिनसम्म श्रमदान गरेर पदमार्ग खुलाइएको बताइन्। पाउद्वार-खोप्रा पदमार्ग सञ्चालन भएपछि पर्यटकका साथै स्थानीयवासीलाई घाँसदाउरा र गोठ जान-आउन सहज भएको उनले उल्लेख गरिन्।

अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको तीन हजार ५६० मिटर उचाइमा अवस्थित खोप्रा नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ। बस्तीदेखि टाढा र एकान्त वातावरणमा रहेको खोप्रा सूर्योदय, हिमशृङ्खला, पहाडी भूगोल र पशुगोठको अवलोकनका लागि उपयुक्त छ।

अर्नब चक्रवातका कारण पछिल्लो एक-दुई दिनयता पर्यटक आगमन प्रभावित भए पनि खोप्रामा पर्यटक आगमन पुरानै लयमा फर्किएको खोप्रा सामुदायिक लजका कर्मचारी आदेश तिलिजा पुनले बताए। खोप्रामा पाउद्वार पर्यटन सहकारी संस्थाले सामुदायिक लज सञ्चालन गरेको छ।

घोडेपानी, कास्कीको घान्द्रुक, बयली, ढाडखर्क, नारच्याङ लेकगाउँ हुँदै खोप्रा लेक पुग्ने पर्यटकहरू समुद्री सतहदेखि चार हजार छ सय मिटर उचाइमा रहेको खयरतालको भ्रमण गरी लरेनी-पाउद्वार हुँदै अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर जाने गर्छन्।

पहिरोले सडक अवरुद्ध बनाएको र गाउँ वरपर घेरिए पनि खोप्रालगायत पर्यटकीय स्थलहरू सुरक्षित भएकाले सहज रूपमा भ्रमण गर्न सकिने हिलडाँडाका होटल व्यवसायी जसे पुनले बताए। असोज-कात्तिक र चैत-वैशाख खोप्रा-खयर पदमार्गको मुख्य याम हो।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ७ : ४५ बजे

कांग्रेसको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको

इलाममा अनशनरत डा. केसीको स्वास्थ्य जटिल बनेपछि काठमाडौँ ल्याइँदै

काठमाडौँ– चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै इलामको

घर रित्तिएको, सुविधा भित्रिएको थातथलो

दसैँ–तिहार आउँदा गाउँका घरआँगनमा चहलपहल बढ्न थाल्छ । रोजगारी र

म्याग्दीको पाउद्वार–खोप्रा पदमार्ग श्रमदानबाट मर्मत

म्याग्दी- गत असोज महिनाको भीषण वर्षापछि पहिरोले अवरुद्ध बनेको म्याग्दीको अन्नपूर्ण

पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने

चितवन– पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने