रौतहट – रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
बौधीमाई नगरपालिका–७ स्थित बंकुल–नरकटिया सडकखण्डमा सोमबार दिउँसो प्रहरीले चेकजाँचका क्रममा उक्त रकम बरामद गरेको हो ।
बाराबाट रौतहटतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको फिल्टरभित्र लुकाएर राखिएको अवस्थामा रकम फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद रकममा एक हजार दरका ५९३ थान र पाँच सय दरका ८१४ थान नोट रहेका छन् । पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी जिल्ला, घोडसन ग्रामका ३३ वर्षीय टुना दास रहेका छन् ।
प्रहरीले रकमसँगै मोटरसाइकल पनि नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।














प्रतिक्रिया