माग्रीभिरको कडा चट्टान छिचोलियो : सडक सञ्जालमा पहुँच हुने आशा « Khabarhub

माग्रीभिरको कडा चट्टान छिचोलियो : सडक सञ्जालमा पहुँच हुने आशा


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मुगु– गमगढी-नाक्चेलाग्ना सडकअन्तर्गत मुगुम कार्मारोङ गाउँपालिकाको माग्रीभिरमा रहेको करिब ३०० मिटर लामो कडा चट्टान छिचोलिएको छ । नेपाली सेनाको सहयोगमा चट्टान काट्ने काम सम्पन्न भएपछि यस क्षेत्रका बासिन्दाको सडक पहुँचको वर्षौंदेखिको सपना साकार हुने आशा बढेको हो ।

कडा र चुनौतीपूर्ण चट्टानका कारण सडक निर्माणमा कठिनाइ हुँदै आएको माग्रीभिर छिचोलिएसँगै अब माथिल्लो क्षेत्रमा सडक खन्न सहज हुने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । यसलाई दुर्गम कार्मारोङ्ग गाउपालिकालाई सडक सञ्जालसँग जोड्ने अभियानमा महत्त्वपूर्ण प्रगतिका रूपमा लिइएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार नेपाली सेनाको सहयोगमा कडा चट्टान छिचोल्ने काम सम्पन्न भएको हो । चट्टान काट्ने काम सकिएपछि त्यसको माथिल्लो क्षेत्रमा सडक निर्माण गर्न सहज हुने उनले बताए।

चालु आर्थिक वर्षभित्रै पुलुसम्म सडक खन्ने लक्ष्यका साथ काम भइरहेको महताराले जानकारी दिए । उनका अनुसार उक्त सडक निर्माणका लागि १५ करोडको ठेक्का सम्झौता गरी काम अघि बढाइएको छ ।

गमगढी-नाक्चेलाग्ना सडक मुगुको उत्तरी क्षेत्रका बासिन्दाको आवागमन सहज बनाउने, स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने तथा सीमावर्ती क्षेत्रसँगको सम्पर्क विस्तार गर्ने महत्त्वपूर्ण सडक हो । माग्रीभिरको कडा चट्टान छिचोलिएसँगै सडक निर्माणले गति लिने र मुगुवासीको चिनसँग व्यापार गर्ने सपना पनि पूरा हुने अपेक्षा गरिएको छ ।

नेपाल चिन जोड्ने गमगढी-नाक्चेलाग्ना नाका सडक निर्माण गर्न सुरु गरेको २१ वर्षमा १८ किमी मात्र ट्याक खोलिएको छ । मुगु जिल्लामा पर्ने चीनसँग जोडने यो सडक विसं २०६२ देखि नेपाल सरकारले औपचारिक रूपमा निर्माण सुरु गरेको थियो । 

मुगु सदरमुकाम गमगढी बजारबाट चीनसँगको सिमाना नाक्चेलाग्नासम्म ९६ किमी दूरी रहेपनि सडक निर्माण सुरु भएको २१ वर्षमा १८ किमी ट्याक खोलिएको सडक डिभिजन कार्यालयका प्रमुख महताराले जानकारी दिए ।

नेपालका चिनसँग जोडिएका १४ परम्परागत सिमानामध्य जिल्ला सदरमुकामबाट चिनको सिमानासम्म दुरिका हिसावले यो नाका अन्य नाकाभन्दा छोटो मानिन्छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ७ : ५१ बजे

सुदूरपश्चिमको दोस्रो जित, चितवन ५ विकेटले पराजित

काठमाडाैं – सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा

अक्टोबरमा एक लाख ३२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं – सन् २०२६ को अक्टोबरमा एक लाख ३२ हजार

स्विट्जरल्याण्डको स्विस नेशनल काउन्सिलका राष्ट्रपति नेपाल भ्रमणमा

काठमाडाैँ – स्विट्जरल्याण्डको स्विस् नेशनल काउन्सिलका राष्ट्रपति ६ सदस्यीय संसदीय

माग्रीभिरको कडा चट्टान छिचोलियो : सडक सञ्जालमा पहुँच हुने आशा

मुगु– गमगढी-नाक्चेलाग्ना सडकअन्तर्गत मुगुम कार्मारोङ गाउँपालिकाको माग्रीभिरमा रहेको करिब ३००