विकास दीर्घकालीन हुनुपर्छ : मुख्यमन्त्री कार्की « Khabarhub

विकास दीर्घकालीन हुनुपर्छ : मुख्यमन्त्री कार्की


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दीर्घकालसम्म हुनेगरी सडक पूर्वाधार निर्माण बनाउनुपर्ने बताएका छन् । 

सिमेन्ट उत्पादक सङ्घले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले सानासाना कुरामा लोभ नगरेर बलियो र टिकाउ हुने पूर्वाधार बनाउन ध्यान दिनुपर्ने बताएका हुन् । 

मुख्यमन्त्री कार्कीले जेठ लागेपछि कालोपत्र बनाउन थाल्ने र असार नलाग्दै भत्किनेभन्दा सिमेन्टको प्रयोगले लामो समयसम्म टिक्ने सडक पूर्वाधार बनाउने विषयमा नीतिगत रूपमै सोच्नुपर्ने जोड दिए । 

उनले भने, ‘जेठमा बनाउने असारमा भत्किने होइन । अब समयमै काम गर्ने र समयमै सिद्धिने गरी काम गर्नुपर्छ ।आफ्नै कच्चापदार्थको प्रयोग गरी दिगो पूर्वाधारमा ध्यान दिन आवश्यक छ ।’
 
प्रदेश सरकारले प्रदेशकै कच्चापदार्थ उपयोग गर्ने गरी नीति ल्याउने तयारी गरेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले कर्मचारीले आफ्नो पोशाक स्थानीय उत्पादन नै प्रयोग गर्ने विषयमा पनि तयारी गरिएको बताए ।

कार्यक्रममा सिमेन्टको प्रयोगबाट निर्माण हुने सडकको टिकाउ र दीर्घकालीन फाइदाका विषयमा नेपाल सरकारका पूर्वसचिव अर्जुनजङ्ग थापाले प्रस्तुति गरेका थिए । 

नेपालमा करिब ६५ वटा सिमेन्ट उद्योग भएको र क्रमशः सिमेन्टमा निर्भर हुँदै विदेश निर्यात गर्ने अवस्थामा पुगिसकेकाले यसको स्वदेशमा खपत गरेर लाभ लिनुपर्ने उनको भनाइ थियो । 

सिमेन्ट उद्योग सङ्घका निवर्तमान अध्यक्ष ध्रुव थापाले सिमेन्ट प्रयोग गर्दा संरचना कसरी टिकाउ र बलियो हुन्छ भन्ने विषयमा छलफल भएको बताए ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ५ : ३५ बजे

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको

‘गरिमालाई न्याय हरेक छोरीको सुरक्षा हो’

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ

अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

मेलबर्न– अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि